Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
अर्थ Archives - Page 5 of 8 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

अर्थ

तीन दिनमा २ हजार भन्दा बढीले घट्यो सुनको मूल्य

तीन दिनमा २ हजार भन्दा बढीले घट्यो सुनको मूल्य

काठमाडौँ, २६ मङ्सिर । अघिल्लो हप्ता आकासिएको सुनको मूल्य लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्वजनिक गरेको मूल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ ।  सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ताको अन्तिम शुक्रवारको…
Read More
१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

 २२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार राति भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई नियन्त्रणमा लिएको थियो उक्त सुनबारे छानबिन गर्न भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलन त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेको छानबिन समिति गठन गरेकोा जानकारी…
Read More
सुनको भाउ ओरालोमा, दुई दिनमै ३२०० रुपैयाँले घट्यो

सुनको भाउ ओरालोमा, दुई दिनमै ३२०० रुपैयाँले घट्यो

मङ्सिर २०, काठमाडौं । सुनको भाउ ओरालो लाग्न थालेको छ । मंगलबार २४ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ८०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार र बुधबार गरेर सुनको भाउ ३२ सय रुपैयाँले घटेको हो । यस्तै बुधबार चाँदीको भाउ तोलामा नै २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
Read More
सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार

सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार

१८ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आकासिएको छ ।  बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाऊँले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेकाे छ । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाऊमा नै स्थिर रहेको छ ।
Read More
राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

१८ मंसिर, काठमाडौं  । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो । जसअनुसार ९१ दिने अवधिको ट्रेजरी खरिदका लागि राष्ट्र बैंकले ६ अर्ब चार करोड ५० लाख तथा एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको रहेको जनाइएको छ । जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।
Read More
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ । चिनी मिलहरुले समयमै भुक्तानी नगरि दिदाँ पछिल्लो समय उखु किसानहरु बैकल्पिक कृषि पेशातर्फ जान थालेका छन् । सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको किसानको गुनासो छ । सधैंको यो समस्याबाट यसपटक पश्चिम नवलपरासीका किसानहरु मुक्त भएका छन् । सरकारले दिने अनुदान वापतको रकम यसपटक किसानले समयमै पाएका छन् । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन् । उनले उखुको समर्थन मूल्य तोक्न…
Read More
गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन । अडानी समूहको सेयरमा भारी वृद्धि भएपछि गौतम अडानीको नेटवर्थ ६.५ अर्ब अमेरिकन डलर पुगेको छ । गौतम अडानीको नेटवर्थ बढ्नुको कारण विगत केही दिनमा उनको कम्पनीको शेयरमा भएको वृद्धि हो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ । जसका कारण गौतम अडानी अहिले १९ औं विश्वका धनीको स्थानमा आएका छन् । नोभेम्बर २८ मा अदानी समूहको शेयरको समग्र मार्केट क्याप १.०४ लाख करोड रुपैयाँले बढेर…
Read More
आजको बिदेशी मुद्राको बिनिमय दर, जापानी येन ९ रूपैयाँ पुग्यो

आजको बिदेशी मुद्राको बिनिमय दर, जापानी येन ९ रूपैयाँ पुग्यो

काठमाडौं, १४ मंसिर ।  नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ…
Read More
एनसेलको सबै सेयर बेचेर आजियाटा नेपालबाट बाहिरिने

एनसेलको सबै सेयर बेचेर आजियाटा नेपालबाट बाहिरिने

  काठमाडौँ, १३ मङ्सिर । मलेसियाको आजियाटा कम्पनीले एनसेलको सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको  छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा रहेको आजियाटाले आफ्नो सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले एनसेलको सबै सेयर बिक्रीमा राख्ने र बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताए ।   सात वर्षअघि टेलिया सोनेरासँग एनसेलको सेयर किनेको आजियाटाले एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि नेपाल छाड्न लागेको अनुमान गरिएको छ । सात वर्ष अघि देखिको एनसेल करको विवाद कायम रहेका बेला आजियाटाले नेपाल छाड्न लागेको हो ।
Read More
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

१३ मंसिर,काठमाडौं । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ । निरन्तर नयाँ रेकर्क बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलामा…
Read More