health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ । सानसान बिहीबार बिहान ८ बजे दक्षिण पश्चिमी टापु क्युसु पुगेको थियो । मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा भइरहेको छ ।
आँधीले धेरै क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । जापानको टाइफुन नम्बर १० भनेर चिनिने शान्सानले २५०,००० भन्दा बढी घरको बिजुली काटेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।
जापानको क्योडो न्युजका अनुसार बिहीबार गामागोरीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसबाहेक २ जना घाइते भएका छन् । यस आँधीबाट देशभर १० लाख मानिस प्रभावित भएका छन् । सोही क्रममा ४० जनाभन्दा बढी घाइते भएका छन् ।
कागोसिमा प्रिफेक्चरमा विगत ४८ घण्टामा १ हजार १ सय मिलिमिटर वर्षा भएको मौसमविद्ले अनुमान गरेको छ, जुन यो वर्षको औसत वर्षाको झन्डै आधा हो । भारी वर्षाका कारण सत्सुमासेन्दाई सहर नजिकै पहिरो गएको छ ।
जापान सरकारले कागोशिमाका केही क्षेत्रमा स्तर ५ को आपत्कालीन चेतावनी जारी गरेको छ । यो देशमा विपद्को समयमा दिइएको सबैभन्दा ठुलो चेतावनी हो। यसमा मानिसहरूलाई आफ्नो घरमा बस्न र तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। ट्रेनहरू रद्द गरिएका छन् । बस तथा अन्य सवारी साधन चलाउन रोक लगाइएको छ ।
लेभल ५ को चेतावनी जापानमा यसअघि तीन पटक मात्र जारी गरिएको थियो। जुलाई २०१४ मा ओकिनावा प्रिफेक्चरमा शक्तिशाली टाइफुन आएपछि पहिलो पटक यस्तो चेतावनी जारी गरिएको थियो । त्यसपछि अक्टोबर २०१६ मा पनि ओकिनावामा यस्तै चेतावनी जारी गरिएको थियो । यसपछि सेप्टेम्बर २०२२ मा क्युशु आइल्याण्डमा यो चेतावनी जारी गरिएको थियो ।
जापान एयरलाइन्सले बुधवार र बिहीबारका १७२ आन्तरिक उडान र ६ अन्तर्राष्ट्रिय उडान रद्द गरेको घोषणा गरेको छ । दोस्रो एयरलाइन्स एएनएले २१९ आन्तरिक उडान र चार अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । उडान रद्द हुँदा २५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
कुमामोटो र कागोशिमा बिच चल्ने बुलेट ट्रेन पनि रद्द गरिएको छ। कार निर्माता कम्पनी टोयोटाले जापानका आफ्ना १४ वटा कारखानामा आँधी कम नभएसम्म उत्पादन बन्द गरेको छ ।