Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Blog - Page 190 of 207 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Blog

मुगुको स्याउ नेपालगन्जको गोदाममै थन्कियो

मुगुको स्याउ नेपालगन्जको गोदाममै थन्कियो

खड्क सुनार मुगु, १९ असोज । मुगुमा बर्सातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरू नेपालगन्जमै थन्किएका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै…
Read More
सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

काठमाडौँ, १९ असोज । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको  ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो। बिहीबार राति साढे ७ बजे काठमाडौँ महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र.–३–०१–००१ग ३७०५ नम्बरको ७.५ ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो। सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र –०२ –०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीय आकृति शर्माको मृत्यु भएको हो । ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले…
Read More
मलाइ हाँसो लाग्दछ

मलाइ हाँसो लाग्दछ

*  मोहनविक्रम सिंह मलाई हाँसो लाग्छ, जब भन्छ अन्धकारले आई,– ‘मैले रोक्दछु प्रकाश लाई, शून्य पारी सूर्यको तेज–राशि, अन्धकारमय, बनाउँछु विश्वलाई ! मैले कसरी पत्याऊँ ? जब ती गगन चुम्बी महलहरूले, गुलाफी गाला, सुकोमल शरीर, धडकी रहेका छातीहरूले गर्न थाल्दछन् भयङ्कर गर्जना, मानवताको भर्त्सना, क्रान्तिको विस्फोट रोक्दछौँ भनी ’फु’ गरी निभाई प्रज्वलित अग्नि ज्वालालाई सडे–गलेका दीवारहरू जोगाउँछौँ भनी रूख पात र ढुङ्गा पनि हाँस्दछन्, जब भन्छन् गोली तोप र एटमले ’संहार गर्छौ मानवतालाई, दिशा दिशामा फैलाई दानवी जाल, भस्म गर्दछौँ– आजादी शान्ति र प्रगतिका अङ्कुरहरूलाई चन्द्र–सूर्य पनि बादल भित्र लुक्दछन्, जब भन्छन् जेलका अग्ला दीवार र फलाम जन्जिरहरूले, बन्दीहरूमाथिका प्रताडना…
Read More
बेलायती महारानीलाई मार्न खोज्ने भारतीय मूलका व्यक्तिलाई जेल सजाय

बेलायती महारानीलाई मार्न खोज्ने भारतीय मूलका व्यक्तिलाई जेल सजाय

लन्डन, १९ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ । जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन् । यसपछि उनलाई जेलमा राखिनेछ । डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र…
Read More
सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

काठमाडौँ, १९ असोज । एमाले सांसद रघुजी पन्तले बढिरहेको महँगीले जनतालाई नजिकिएको दसैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महँगीले थलिएका जनताले यसपालिको दसैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महँगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उनको कटाक्ष थियो । कविताको शैलीमा तरकारी र खाद्यान्नको भाउ महँगिएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेँडाले के…
Read More
सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

काठमाडौँ, १९ असोज । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल कांस्य पदकमा सीमित भएको हो ।
Read More
जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउने

जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउने

काठमाडौँ, १९ असोज । यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रवार असोज १९ गते बस्दै छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेस हुनेछ । हकप्रद निष्कासन पश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक…
Read More
कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’

कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’

हेमन्त केसी सुर्खेत , १९ असोज । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रीहरू जनताका लागि नभई जागिरका लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कर्णाली सरकारका मन्त्रीहरूलाई केही गर्न हो कि जागिर खान हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘जनताका लागि केही गर्न साथीहरू त्यो ठाउँमा हुनुहुन्छ भन्ने मैले बुझेको थिएँ, तपाईँहरू त जागिर खानका लागि मात्रै हो भन्नुपर्ने परिस्थिति आयो।’ उनले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको समेत बताए। नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्षी दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए। प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यानको…
Read More
पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

काठमाडौँ, १९ असोज । जब भारत-पाकिस्तान विभाजन भयो, त्यसपछि पाकिस्तानमा हिन्दुहरूको अवस्था नाजुक हुन थालेको हो । आज स्वतन्त्रताका बेला भएका मन्दिरमध्ये आधा पनि बाँकी छैनन् । तीमध्ये धेरैजसो भत्किएका छन् र केही यथावत् राखिएका छन्, जसका कारण तिनीहरू भग्नावशेष बनेका छन्। यससँगै पाकिस्तानमा केही विशेष मन्दिर पनि बन्द भएका छन् । यस्तै एउटा मन्दिर पाकिस्तानको सियालकोटमा छ, जुन केही वर्षअघि खोलिएको थियो। सबैभन्दा अचम्मको कुरा त यो मन्दिर विगत ७२ वर्षदेखि बन्द राखियो र पछि खोलियो । यस मन्दिरको संरचना हेर्दा कति विशेष छ भन्ने अनुमान लगाउन सकिन्छ । ठुला ढुङ्गाले बनेको यस मन्दिरमा अचम्मको नक्कासी गरिएको छ ।…
Read More