21
Jan
काठमाडौँ, ७ माघ - काठमाडौँको शोभा भगवतीमा गत कात्तिकमा महिलाको हत्या गरेर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तनहुँको भिमाद घर भएकी सफिना मियाँको हत्या गरी फरार व्यक्तिलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार दरभङ्गा घर भएका इकरामुल हक अन्सारी छन्। शोभा भगवतीस्थित सरिता गिरीको दुई तले घरको भुईँ तला तीन महिनादेखि बन्द रहेकोमा घरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो। शव गलेको अवस्थामा रहेकाले तीन महिनाअघि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा लिभिङ टुगेदरमा बस्ने इकरामुल हक अन्सारीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर,…