Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6131) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
समिर सिंह, Author at Gyaan Ghar https://gyaanghar.com/author/samir9/ Welcome Fri, 21 Jun 2024 13:57:53 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png समिर सिंह, Author at Gyaan Ghar https://gyaanghar.com/author/samir9/ 32 32 नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न https://gyaanghar.com/2024/06/21/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%95%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%82%e0%a4%b5/ https://gyaanghar.com/2024/06/21/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%95%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%82%e0%a4%b5/#respond Fri, 21 Jun 2024 12:43:08 +0000 https://gyaanghar.com/?p=9667 काठमाडौँ असार ७ । ‘नेपाली लघुकथामा प्रगतिशीलता एक प्रमुख चेतनाको रूपमा विकास भइसकेको’ लघुकथाकार डा.पुष्करराज भट्टले बताए । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको नेपाली लघुकथामा प्रगतिशीलता विषयक ७२औँ परिसंवाद कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।  असार ७ गते बागबजारस्थित प्रलेस कार्यालयमा भएको परिसंवाद कार्यक्रममा डा.भट्टले, ‘सूत्रात्मक हुनु, आकस्मिक हुनु, व्यङ्ग्यात्मक हुनु, प्रहारक क्षमता हुनु […]

The post नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ असार ७ । ‘नेपाली लघुकथामा प्रगतिशीलता एक प्रमुख चेतनाको रूपमा विकास भइसकेको’ लघुकथाकार डा.पुष्करराज भट्टले बताए । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको नेपाली लघुकथामा प्रगतिशीलता विषयक ७२औँ परिसंवाद कार्यक्रममा उनले सो धारणा राखेका हुन् । 

असार ७ गते बागबजारस्थित प्रलेस कार्यालयमा भएको परिसंवाद कार्यक्रममा डा.भट्टले, ‘सूत्रात्मक हुनु, आकस्मिक हुनु, व्यङ्ग्यात्मक हुनु, प्रहारक क्षमता हुनु लघुकथाको प्रमुख विशेषता भएको’ बताए– ‘यस प्रकारको कथामा प्रारम्भमा कुनै घटनाको प्रारम्भ हुन्छ, घटनाको विकाससँग दुई भिन्न प्रवृत्तिका बिचमा सङ्घर्ष हुन्छ र अन्त्यमा फरक फरक विचार वा दृष्टिकोण सहित समापन हुन्छ ।’ 

परिसंवाद कार्यक्रममा आफ्नो धारणा राख्नै डा.भट्टले भने, ‘लघुकथाको प्रारम्भ र मध्यमा जुन खाले विचार हुन्छ, त्यसको अन्त्यमा फरक फरक विचार वा दृष्टिकोण सहित समापन हुन्छ ।’ उनले अगाडि भने, ‘लघुकथाको अन्त्यमा व्यङ्ग्य, विद्रोहका साथै सन्देशपरकता पाइन्छ । लघुकथा आफै दृष्टिकोण हो ।’ 

प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षता तथा उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले विषयवस्तुका बारेमा प्रस्ट पारेका थिए । 

परिसंवाद कार्यक्रममा मातृका पोखरेल, गोपिरमण उपाध्याय,  डा.हरिप्रसाद सिलवाल, डा.पूर्ण भण्डारी, जगत् वाशिष्ठ, चेवन चन्द्र बस्नेत, केशु कार्कीले पूरक टिप्पणी गरेका थिए ।  

The post नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/06/21/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%95%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%82%e0%a4%b5/feed/ 0
मिश्रका कविताले गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दियो ः प्रा.डा.तिमिल्सेना https://gyaanghar.com/2024/02/17/%e0%a4%ae%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%a3%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d/ https://gyaanghar.com/2024/02/17/%e0%a4%ae%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%a3%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d/#respond Sat, 17 Feb 2024 04:06:29 +0000 https://gyaanghar.com/?p=7579 फागुन ५, काठमाडौँ । युद्धप्रसाद मिश्रका कविताहरूका कारण नेपालको गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दिएको प्रा.डा.पशुपतिनाथ तिमिल्सेनाले बताए । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिद्वारा आयोजित नेपालको गणतान्त्रिक आन्दोलनमा युद्धप्रसाद मिश्रका कविताको योगदान विषयक ६९औँ परिसंवाद कार्यक्रममा उसले सो धारणा राखेका हुन् ।  फागुन ४ गतेका दिन बागबजारस्थित प्रलेस कार्यालयमा भएको कार्यक्रममा प्रा.डा.तिमिल्सेनाले ‘मुलुकमा गणतन्त्र आए पनि […]

The post मिश्रका कविताले गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दियो ः प्रा.डा.तिमिल्सेना appeared first on Gyaan Ghar.

]]>

फागुन ५, काठमाडौँ । युद्धप्रसाद मिश्रका कविताहरूका कारण नेपालको गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दिएको प्रा.डा.पशुपतिनाथ तिमिल्सेनाले बताए । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिद्वारा आयोजित नेपालको गणतान्त्रिक आन्दोलनमा युद्धप्रसाद मिश्रका कविताको योगदान विषयक ६९औँ परिसंवाद कार्यक्रममा उसले सो धारणा राखेका हुन् । 

फागुन ४ गतेका दिन बागबजारस्थित प्रलेस कार्यालयमा भएको कार्यक्रममा प्रा.डा.तिमिल्सेनाले ‘मुलुकमा गणतन्त्र आए पनि मिश्रका काव्यात्मक योगदानलाई उपेक्षा गर्ने गरिएको’ बताए, ‘मृत्युको अन्तिम समयसम्म पनि मिश्र गणतन्त्रको पक्षमा कविताका साथै आफ्नो जीवनलाई पनि त्यही रूपमा परिणत गरे । रक्तक्रान्ति जस्ता कविताहरूले ६२/६३ सालको आन्दोलन चर्कियो । देशमा गणतन्त्र पनि आयो तर त्यस प्रकारका कविता लेख्ने मिश्रलाई राज्यले उपेक्षा गरिरह्यो ।’

सामन्तवादका विरुद्ध आवाज उठाउने मिश्रको कविता प्रारम्भमा प्रकृतिवादी कविताको रूपमा रहेको बताउँदै प्रा.डा. तिमिल्सेनाले भने, ‘सानैदेखि मिश्रको कवितामा विद्रोही स्वभाव थियो । नेपालमा गणतन्त्र स्थापना गर्नको लागि मिश्रका कविताले गणतान्त्रिक चेतना उत्पन्न गरेको थियो । उनका कविताहरूमा सामन्तवाद तथा त्यसका विकृत व्यवहारहरू विरुद्ध केन्द्रित थियो ।’ उनले भने, ‘मिश्र सामाजिक न्याय, प्रगतिशील आन्दोलनको योद्धा तथा सामन्तवादलाई प्रहार गर्ने सशक्त कवि थिए ।’ 

मिश्रका कविताको समीक्षा गर्दै प्रा.डा. तिमिल्सेनाले भने, ‘सामन्तवादी यथास्थितिवादलाई ढाल्नको लागि स्वच्छन्दतावादी कविताको सुरुवात गरियो । सामन्तवाद विरुद्ध आवाज उठाउने त्यो साहित्यको प्रगतिशील स्वरूप थियो । पछि स्वच्छन्दतावाद बाट माथि उठ्दै उनको कविताले प्रगतिवादी रूप धारण गर्‍यो ।’ उनी अगाडि भन्छन्, ‘स्वच्छन्दतावादलाई प्रगतिवादसँग समन्वय गरी स्वच्छन्द वादी प्रगतिवाद भन्न मिल्दैन । त्यो गलत हो ।’ 

माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, लक्ष्मी प्रसाद देवकोटा, केदारमान व्यथितले ०७ सालसम्म शासकको स्तुति गरेको कविता वाचन गरेको भन्दै प्रा.डा.तिमिल्सेनाले भने, ‘ मिश्रले त्यस प्रकारको कविता कहिले लेखेनन् । उनी नेपाली काँग्रेसमा जोडिए पनि सुरुदेखि नै सामन्ती शासकका विरुद्ध काव्यात्मक योगदान रहिरह्यो । पुराना पुस्ताको भए पनि शासकको स्तुति नगाएको एउटा मात्र कवि युद्धप्रसाद मिश्र हुन ।’

पौराणिक विषयवस्तुलाई पुरै नष्ट नगरेर त्यहाँभित्रका नकारात्मक कुरालाई हटाउँदै तथा सकारात्मक कुराहरूलाई ग्रहण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने मिश्रको धारणा रहेको भन्दै प्रा.डा.तिमिल्सेना भन्छन्,  ‘पौराणिक ग्रन्थको पीडितको पक्षमा लेखिएको काव्य ग्रन्थ मुक्तसुधा थियो  । सुदामालाई विद्रोह बन्न प्रेरित गर्ने त्यो कविता थियो ।’ 

मिश्र विचार र व्यवहारलाई जोड्ने एउटा मात्र कवि थिए भन्दै प्रा.डा.तिमिल्सेना भन्छन्, ‘यो कुरालाई जोड्न नसकेको अहिलेको सामाजिक तथा राजनीतिक प्रणालीले मिश्रबाट शिक्षा लिनुपर्दछ ।’  उनी भन्छन्, ‘जीवनको अन्तिम क्षणमा वीर अस्पतालमा छटपटाइरहेको बेलामा पनि ६२ ६३ सालको आन्दोलनमा सहभागी हुनुले पनि त्यो कुराको पुष्टि गर्दछ ।’

प्रलेसका सचिव बाल मुकुन्द कार्कीको  सञ्चालनमा भएको परिसंवाद कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष डा.मधुसुदन गिरीले गरेका थिए  । कार्यक्रमको विषयवस्तुको बारेमा परिसंवाद कार्यक्रमका संयोजक तथा उपाध्यक्ष समीर सिंहले प्रस्ट पारेका थिए ।  

कार्यक्रममा मातृका पोखरेल, गोपिरमण उपाध्याय, नन्दु उप्रेती, वैरागी जेठा लगायतले पूरक टिप्पणी गरेका थिए । 

स्मरण रहोस्, गणतन्त्रवादी कवि मिश्रको जन्म भक्तपुरको सोमलिङटारमा वि.सं.१९६४मा भएको थियो भने उनको मृत्यु वि.सं.२०४७ साल फागुन ६ गते भएको थियो । 

The post मिश्रका कविताले गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दियो ः प्रा.डा.तिमिल्सेना appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/02/17/%e0%a4%ae%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%a3%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d/feed/ 0
योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल https://gyaanghar.com/2024/02/10/%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/ https://gyaanghar.com/2024/02/10/%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/#respond Sat, 10 Feb 2024 12:30:03 +0000 https://gyaanghar.com/?p=7402 काठमाडौँ माघ २७ । ‘योग दर्शनमा पनि मार्क्सवादको अंश छ’ –योग दर्शनका व्याख्याता डा.हरिप्रसाद पोखरेलले भने,  ‘अप्रतिगृह, यो दर्शनको एउटा नियम हो । यो नियम भनेको आवश्यकताभन्दा बढी वस्तु प्रयोग नगर्नु तथा त्यो अरूलाई दिनु भन्ने हो । यो नियमलाई कडाइका साथ पालन गरियो भने पनि विभेदको मात्रा धेरै हदसम्म हट्न सक्छ ।’ ज्ञानशाला अनुसन्धान […]

The post योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ माघ २७ । ‘योग दर्शनमा पनि मार्क्सवादको अंश छ’ –योग दर्शनका व्याख्याता डा.हरिप्रसाद पोखरेलले भने,  ‘अप्रतिगृह, यो दर्शनको एउटा नियम हो । यो नियम भनेको आवश्यकताभन्दा बढी वस्तु प्रयोग नगर्नु तथा त्यो अरूलाई दिनु भन्ने हो । यो नियमलाई कडाइका साथ पालन गरियो भने पनि विभेदको मात्रा धेरै हदसम्म हट्न सक्छ ।’

ज्ञानशाला अनुसन्धान केन्द्रले माघ २७ गते नयाँबजारस्थित आफ्नो हलमा आयोजना गरेको कार्यक्रममा डा.पोखरेलले भने, ‘योग दर्शनमा विपरीतहरूबिच एकता हुन्छ, अर्थात् दायाँ भएपछि बायाँ हुनै पर्छ, तल भएपछि माथि हुनै पर्दछ । यस प्रकारको प्रक्रिया पनि एक प्रकारको द्वन्द्ववाद हो ।’

‘योग दर्शनले ऊर्जा उत्पादन हुन्छ, उपयोग हुन्छ र विलय हुन्छ भन्ने मान्यता राख्दछ । उपयोगबाट नै रूपान्तरण हुने हो । ऊर्जा रूपान्तरण भएन भने आवश्यकता भन्दा बढी शक्तिको आवश्यकता पर्दछ । आसनले ऊर्जा रूपान्तरणमा सहयोग गर्दछ ।’ डा.पोखरेलले भने, ‘हरेक कोषसम्म श्वास पुग्न सक्यो अर्थात् अन्तर कोसीका स्वशासन हुन सक्यो भने शरीर स्वस्थ हुने हो । त्यसको लागि प्राणायाम जस्ता व्यायामले सहजीकरण गर्दछ ।’

शारीरिक सुगठन जस्ता व्यायाममा निकै दुख दिइन्छ । त्यसलाई निरन्तर दिन नसक्दा शरीरमा शिथिलता आउन थाल्दछ तर योगले लचकताको कुरा मात्र गर्दछ, यसको दीर्घकालीन महत्त्व हुने डा.पोखरेलले बताए । 

छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै डा.पोखरेलले भने, ‘मनको एकाग्रताबाट विचार शून्यमा जान सकियो भने नयाँ सिर्जना निर्माण गर्न सहज हुन्छ । यो नै योगको मान्यता हो ।’ उदाहरणबाट प्रस्ट पार्दै उनले भने, ‘न्युटनमा विचार शून्यको अवस्था नभएको भए गुरुत्वाकर्षणको नियम आउन नै सक्दैनथ्यो । रचनात्मक क्षमताको विकास हुनै सक्दैनथ्यो ।’ 

योगले रचनात्मक शिक्षामा जोड दिने भन्दै डा.पोखरेलले भने, ‘मान्छेको चेतनाको विकास भनेको आम मानिसले देख्न नसक्ने कुरा देख्न सक्नु हो ।’ नेपालको अवस्था प्रस्ट पार्दै उनले भने, ‘हामीले उत्पादनमूलक शिक्षा दियौ तर रचनात्मक शिक्षा दिएनौ । त्यसैले हामी पछाडि पर्‍यौ ।’

मानिसको स्वास्थ्य भनेको भनेको भौतिक, सामाजिक, आध्यात्मिक, जीवनको समग्र प्रणाली हो भन्दै उनले भने,  ’आध्यात्मिकता भनेको पूजा पाठ मात्र होइन, सम्पूर्ण मानिसको खुसीको प्राप्ति हो । यो चेतनाको उच्चतम रूप हो ।’ 

मानसिक रोग पनि एउटा डरलाग्दो विषय बन्दै गइरहेको बताउँदै डा.पोखरेलले भने, ‘रिस उठ्नु, महत्त्वाकाङ्क्षा धेरै हुनु, झगडा गर्नु, नकारात्मक कुरा मात्र गर्नु सबै मानसिक रोग हो । केरा खाएर बोक्रा फाल्नु, चकलेटको खोल जथाभाबी फाल्नु पनि सामाजिक मानसिक रोग हो । तनाव व्यवस्थापन गर्न नसक्दा मानिसको जीवनमा समस्या आइरहेको हुन्छ ।’ 

भोजनबाट स्वास्थ्य निर्धारण हुने बताउँदै डा.पोखरेलले भने, ‘बेलायतमा एउटा उखान प्रचलित छ, फास्ट फुड, फास्ट डेथ । अर्थात् जति धेरै फास्ट फुड र उद्योगबाट तयार भएको खाना खाइन्छ त्यति नै मृत्युको नजिक पुगिन्छ ।’ उनले भने, ‘उद्योगबाट आएका खानेकुरा जतिसक्दो घटाउनु स्वास्थ्य प्रति सचेतना हो । आमाको हातमा मोबाइल र बच्चाको हातमा चाउचाउको पोका हुने संस्कृतिबाट हामी बच्नुपर्दछ ।’

दैनिक ५०० माइक्रो ग्राम अजिनोमोटो प्रयोगले क्यान्सर जस्तो रोग निम्त्याउने बताउँदै डा.पोखरेलले भने, ‘हामीले खाने चीज बल, चाउचाउ,  होटेलको खानामा एकदमै बढी अजिनोमोटो प्रयोग गरेको हुन्छ । त्यस कारण यस प्रकारको खानपिन शैलीमा सुधार ल्याउनुपर्दछ ।’

चिनी, नुन जस्ता खाद्य पदार्थहरू सेतो विष भएको बताउँदै डा.पोखरेलले भने, ‘दिनमा बढीमा २ चम्चा चिनी खान मिल्छ । तर त्यो पनि घटाउँदै जानुपर्दछ ।’ उनले अगाडि भने, ‘डब्ल्यु एच ओले समेत कोकमा भएको सेकरिन स्वास्थ्यको दृष्टिले एकदम हानिकारक भएको भन्दै यसलाई बन्द गर्न भन्यो । सेकरिन भन्ने गुलियो, क्यान्सर गराउने प्रमुख कारण हो । चिनीभन्दा पनि खराब हो सेकरिन । त्यस्तै नुनको बढी प्रयोगले नै मुटु रोग, प्रेसर जस्ता रोगहरू बढ्दै गइरहेको अवस्था छ ।’

विश्वमा सबैभन्दा धेरै निद्रा, पेनकिलर र हाइपर एसिडीटीको औषधि बिक्री भइरहेको विभिन्न तथ्याङ्कले देखाएको बताउँदै डा.पोखरेलले, ‘केमोमाइलको चिया, अश्वगन्धाको प्रयोग, सुत्ने बेला मोबाइलको प्रयोग नगर्ने र गर्मीमा बरफले ढाडको माथि स्पर्श गर्दा निद्रा लाग्न सहज हुने’ बताए । उनले भने ‘एउटा मानिसलाई पूर्ण मानिस बनाउन, जीवनलाई योगका साथ जोड्नुपर्दछ ।’ 

The post योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/02/10/%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/feed/ 0
विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? https://gyaanghar.com/2024/02/04/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a0/ https://gyaanghar.com/2024/02/04/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a0/#respond Sun, 04 Feb 2024 15:19:47 +0000 https://gyaanghar.com/?p=7223 काठमाडौँ, माघ २१ । ‘क्यान्सरको चौथो स्टेज भनेर अस्पतालले निष्कर्ष निकाली दिँदा हामी सर्वभाइभरहरु, झनै तनावमा आउने गर्छौ’ विश्व क्यान्सर दिवसको अवसरमा निकासकी उपाध्यक्ष पूजा कुँवरले भनिन्, ‘त्यो अवस्थामा घरपरिवारले पनि अन्तिम अवस्था भयो भनेर उपचारमा हेलचक्राई गरेको अवस्था छ ।’  माघ २१ गतेका दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल क्यान्सर सर्वभाइभर सोसाइटीको आयोजनामा  भएको अन्तरक्रियात्मक […]

The post विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, माघ २१ । ‘क्यान्सरको चौथो स्टेज भनेर अस्पतालले निष्कर्ष निकाली दिँदा हामी सर्वभाइभरहरु, झनै तनावमा आउने गर्छौ’ विश्व क्यान्सर दिवसको अवसरमा निकासकी उपाध्यक्ष पूजा कुँवरले भनिन्, ‘त्यो अवस्थामा घरपरिवारले पनि अन्तिम अवस्था भयो भनेर उपचारमा हेलचक्राई गरेको अवस्था छ ।’ 

माघ २१ गतेका दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल क्यान्सर सर्वभाइभर सोसाइटीको आयोजनामा  भएको अन्तरक्रियात्मक कार्यक्रममा थुप्रै डक्टर, मनोचिकित्सक, नेपाल सरकारका प्रतिनिधि, सर्वभाइभरहरुको उपस्थिति रहेको थियो । उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? यही प्रश्नमा, सो कार्यक्रम केन्द्रित रहेको थियो ।

 

सर्वभाइभरहरुको तर्फबाट उपाध्यक्ष पूजा कुँवर भन्दै थिइन, ‘थुप्रै परिवारबाट सर्वभाइभरहरु अपहेलित हुनुपरेको छ ।’ समाजभित्रका यथार्थ घटना सुनाउँदै उनले भनिन्, ‘केमोथेरोपि चलाई रहेको अवस्थामा पनि भान्साको सबै काम गर्नुपर्ने, घरपरिवारले समयमा अस्पताल नपुराई दिने, बिरामी भनेर अपहेलित गर्ने लगायतका थुप्रै दूव्र्यवहारहरु सहँदै अगाडि बढ्नु परको अवस्था छ ।’ उनले अगाडि भनिन्, ‘त्यस कारण पनि सर्वभाइभरहरुका साथै उनीहरूको परिवारलाई पनि काउन्सीलिंगको आवश्यकता छ ।’ औषधि खरिदको समस्यामा भएको विभेद उजागर गर्दै उनले भनिन्, ‘कतिपय त्यस्ता औषधि छन् जुन औषधि भारतमा ६/७ हजारमा पाइन्छ, त्यही औषधि नेपालमा ६०/ ७० हजार पर्दछ । उनले प्रश्न गरिन् ‘हामी सर्वभाइभरहरुको आवाज राज्यले कहिले सुन्छ ?’ 

अध्यक्षको रूपमा आफ्नो मन्तव्य राख्दै प्रमिता खनालले ‘डाक्टरको उपचारले मात्र क्यान्सर निको नहुने’ बताउँदै भनिन् ‘घरपरिवार, आफन्त, समाज सबैले सर्वभाइभरहरुलाई नैतिक रूपमा पनि सहयोग र समर्थनको आवश्यकता छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.दीपेन्द्र रमन सिंहले उद्घाटन गरेको कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिल विक्रम कार्की, सार्क फेडेरेशन अफ अन्कोलोजिष्टका अध्यक्ष डा. विवेक आचार्य, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पिया, औषधि व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, सिनियर कन्सल्टेन्ट सर्किकल डा. प्रकाशराज न्यौपाने, सिनियर कन्सल्टेन्ट रेडिएसन विशेषज्ञ डा. गिसुपनिख पासिको, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बराल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठ, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.सरोज प्रसाद ओझा,  कन्सल्टेन्ट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीको आतिथ्य रहेको थियो । 

cose the care gap नारा रहेको विश्व क्यान्सर दिवसको सो कार्यक्रमको सहजीकरण लायन टिर्जा ढकालले गरेकी थिइन भने स्वागत मन्तव्य निकासकी बोर्ड सदस्य सुस्मीता पोख्रेलले राखेकी थिइन् । कोषाध्यक्ष बिनु के.सी.ले धन्यवाद मन्तव्य राख्दै कार्यक्रमको समापन गरेकी थिइन् । 

स्मरण रहोस्, अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण सङ्घ(uicc)को नेतृत्वमा सन् २००० देखि नै विश्वव्यापी चेतना बढाएर एउटा सकारात्मक आन्दोलनको दिशामा क्यान्सर योद्धाहरूले विश्व क्यान्सर दिवसलाई एउटा भव्य दिनको रूपमा मनाउँदै आएका छन्  । सामाजिक, लैङ्कि, जातीय, भौगोलिक, अपाङ्गता लगायतका कारणले क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध यस वर्षको क्यान्सर दिवस लक्षित थियो । यस प्रकारको महत्त्वपूर्ण कार्यक्रममा पहिलो पटक निकासले सम्पूर्ण डक्टर, नेपाल सरकारका प्रतिनिधि र  सर्वभाइभरहरुलाई एउटै मञ्चमा ल्याएर महत्त्वपूर्ण विषयमा छलफल गराउनुलाई उपलब्धिमूलक रहेको बुझाई छ । 

The post विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/02/04/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a0/feed/ 0
अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ https://gyaanghar.com/2024/01/13/%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be-%e0%a4%ab/ https://gyaanghar.com/2024/01/13/%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be-%e0%a4%ab/#respond Sat, 13 Jan 2024 11:27:49 +0000 https://gyaanghar.com/?p=6526 निकै उतार चढावपूर्ण परिस्थितिका साथ अगाडि बढ्यो, शिक्षक मनोज श्रेष्ठको शैक्षिक तथा साहित्यिक जीवन । खोटाङ, बुइपामा जन्मिएका शिक्षक श्रेष्ठ, अहिले सफल शिक्षकका रूपमा स्थापित भैसकेका छन् । राजधानीको डल्लुमा फ्यूचर स्टार स्कुल सञ्चालन गरिरहेका शिक्षक, श्रेष्ठ भन्छन्, ‘शिक्षक भनेको मार्ग निर्देशक हो ।’ शिक्षकको भूमिका प्रस्ट पार्दै उनी भन्छन्, ‘बालबालिकाको दृष्टिमा शिक्षक भनेको सबै […]

The post अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ appeared first on Gyaan Ghar.

]]>
निकै उतार चढावपूर्ण परिस्थितिका साथ अगाडि बढ्यो, शिक्षक मनोज श्रेष्ठको शैक्षिक तथा साहित्यिक जीवन । खोटाङ, बुइपामा जन्मिएका शिक्षक श्रेष्ठ, अहिले सफल शिक्षकका रूपमा स्थापित भैसकेका छन् । राजधानीको डल्लुमा फ्यूचर स्टार स्कुल सञ्चालन गरिरहेका शिक्षक, श्रेष्ठ भन्छन्, ‘शिक्षक भनेको मार्ग निर्देशक हो ।’
शिक्षकको भूमिका प्रस्ट पार्दै उनी भन्छन्, ‘बालबालिकाको दृष्टिमा शिक्षक भनेको सबै जानेको भन्ने हुन्छ । पहिले शिक्षक भनेको अनुशासित बनाउने भन्ने मात्रै हुन्थ्यो । तर अहिले शिक्षकको परिभाषा फेरिएको छ ।’
विद्यार्थीहरूसँग हातेमालो गर्दै आफ्नो दिनचर्या चलाउँदै आउनुभएका शिक्षक श्रेष्ठ भन्छन्, ‘विज्ञान र प्रविधिका कारण विद्यार्थीहरू धेरै जानकार भइसकेका छन् । त्यो अनुसार शिक्षकले आफूलाई अपडेट गर्नुपर्ने आवश्यकता छ ।’ उनी अगाडि भन्छन्, ‘त्यसो भएन भने शिक्षक, गोठालो जस्तो मात्रै हुन्छ ।’
शिक्षकहरूले सम्मान र स्वाभिमानको लागि धेरै सङ्घर्ष गरिरहनुपरेको बताउँदै शिक्षक श्रेष्ठ, ‘शिक्षकलाई सम्मानित रूपमा व्यवहार गरिँदैन ।’ उनी भन्छन्, ‘शिक्षकले आफ्नो जिम्मेवारी तथा दायित्व पूरा गर्न सकिरहेको अवस्था छैन । उनीहरूलाई सजाय दिने गोठालो जस्तो भूमिकाले गर्दा पनि शिक्षकले सम्मान पाउन नसकेको अवस्था हो ।’
एभरेृष्ट इनोभेटेड कलेजको डाइरेक्टरको रूपमा समेत कार्यरत शिक्षक श्रेष्ठ, विद्यार्थीहरूलाई अलि फरक शैलीमा पठन पाठन गराउने गर्दछन् । राजधानीको डल्लुमा ख वर्गको निजी स्कुल सञ्चालन गर्दै आएका शिक्षक श्रेष्ठ, ‘विद्यार्थीको रुचिअनुसार मनोपरामर्श गर्ने, विषयवस्तु छनोटमा सल्लाह दिने, सामाजिक तथा शैक्षिक भ्रमण गराउने, विज्ञान तथा टेक्नोलोजीको ज्ञान गराउने, क्षमता अभिवृद्धि गर्न विभिन्न गतिविधि गराउने, कम्प्युटर शिक्षालाई बढी जोड दिने’ बताउँछन् । एकदमै सस्तो शुल्कमा विद्यार्थीहरूको शिक्षाको गुणस्तर बढाउन क्रियाशील रहँदै आएका उनी, ‘भरसक विद्यार्थीलाई स्वदेशमा सङ्घर्ष गर्ने वातावरण तथा विदेश जानु नपर्ने स्थिति सिर्जना गर्दै आएको’ बताउँछन् ।
’नेपाल सरकारको शिक्षा नीति प्रति गुनासो गर्दै उनी भन्छन्, ‘सरकारले १७ प्रतिशतसम्म शिक्षा क्षेत्रमा लगानी गरेको छ । त्यो पैसा शिक्षक तलब र भौतिक संरचनामा मात्र सीमित हुन्छ । त्यसको विपरीत विद्यार्थी केन्द्रित शिक्षा तर्जुमा गर्न सकिरहेको अवस्था छैन । शिक्षाको माध्यमबाट सफलता प्राप्त गर्न सकिरहेको अवस्था छैन । विद्यार्थीमा पढ्ने भावनाको विकास हुन सकिरहेको छैन । जबकि सरकारको ध्यान, शिक्षाको माध्यमबाट विदेश मजदुर बनाउने मात्र रह्यो ।’ उनी भन्छन्, ‘विदेशीहरूले नेपाली विद्यार्थी भर्ना गरेर आफ्नो अर्थतन्त्र बलियो बनाइरहेका छन् तर नेपाल सरकारको विदेशी विद्यार्थी पढाउने कुनै योजना छैन । ंंंंहाम्रा विद्यार्थीहरू विदेश जाँदा थुप्रै सुविधाहरू पाउँदा  उतै पलायन हुन्छन् । विदेश पढेर सिप ल्याएर देशमै केही गरे राम्रो हुन्थ्यो । तर त्यस्तो छैन । सरकारले त्यसको कुनै योजना बनाएको पनि छैन ।’
निजी विद्यालयलाई गुठीमा लैजान सरकारले पहल गरिरहेको भन्दै शिक्षक श्रेष्ठ, ‘सरकारको यो प्रयास व्यवहारिक नभएको’ बताउँछन् । उनी भन्छन्, ‘सरकारले निजी सम्पत्तिलाई सिधै गुठीमा लग्ने हो भने शैक्षिक लगानीकर्ताहरूलाई ठुलो मार पर्छ । शैक्षिक माफियाहरूबाट बदमासी हुन्छ भने त्यसलाई रोक्नुपर्दछ । तर जीवनभरिको मेहनतबाट प्राप्त निजी सम्पत्तिलाई सिधै गुठीमा लैजाँदा धेरै नै मार पर्दछ ।’
खोटाङको दुर्गम गाउँमा हुर्किँदै आए पनि शैक्षिक व्यक्तित्व श्रेष्ठ, सानैदेखि लेखन तथा साहित्यमा जोडिँदै आए । ६ कक्षामा पढ्दा नै उनी १० कक्षाका विद्यार्थीसँग प्रतिस्पर्धा गरेर कविता प्रतियोगितामा प्रथम भएका थिए । उनी भन्छन्, ‘कसैले सिकाएर होइन, आफै स्वतःस्फूर्त भावनाबाट कविताहरू फूर्थ्यो ।’
उनी सानैदेखि प्रगतिशील साहित्यबाट प्रभावित हुँदै गए । उनको साहित्य लेखन, समाजभित्रको अन्याय अत्याचार तथा निरकुंश शासनका विरुद्ध केन्द्रित हुन्थ्यो । ‘श्रीमान् गम्भीर’ जस्ता राष्ट्रिय गानको बहिष्कार गर्दा उनी स्कुलमा सजायको भागिदार हुनुपर्दथ्यो । ३६ सालको आन्दोलनमा पनि उनको सक्रिय भूमिका रह्यो । सानैदेखि साहित्यको भण्डार एकीकृत हुँदै गए पनि उनी दुखेसो पोख्छन् ‘एक पटक सिडिओको आतङ्क सहन नसकेर बुवाले मेरा सबै कविताहरू जलाइदिनुभयो ।’
एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भए पनि उनी राजधानीको अस्कल क्याम्पसमा पढ्न थाले । काठमाडौँमा पढिरहँदा पनि प्रगतिशील समाज, साहित्य सन्ध्या, साहित्य प्रवाह जस्ता साहित्यिक मञ्चहरूमा उनले कविताहरू वाचन गरिरहन्थे ।
घरको आर्थिक समस्याले उनी रोजगारीको खोजीमा कोरियातर्फ लागे । तर त्यहाँ पनि उनी साहित्यमा जोडिरहे । त्यहाँ उनले नेपाली सन्देश भन्ने साहित्यिक पत्रिकाको प्रारम्भमा सह–सम्पादक र पछि सम्पादक भएर काम गर्न थाले । केही समयपछि हिमाली आवाज भन्ने पत्रिकाको सम्पादक भए । कोरियाबाट नै प्रभात भन्ने पत्रिका  निकालेको तर ६/७ अङ्कपछि त्यसलाई निरन्तरता दिन नसकेको, उनी बताउँछन् । साहित्यिक गतिविधिहरूका साथै नेपाली सम्पर्क समितिमा जोडिँदै गर्दा उनी सामाजिक गतिविधिहरूमा पनि जोडिरहे । कोरिया बसाईको सन्दर्भमा प्रवास नामक साहित्यिक पत्रिकासँग पनि उनी जोडिए ।
२०५५ सालमा कोरियाबाट फर्केपछि डल्लुको फ्यूचर स्टार स्कुल स्थापना गरेपछि पनि उनी आफ्ना विद्यार्थीहरूलाई लेखन, कविता, साहित्यतर्फ उत्प्रेरित तथा प्रोत्साहन गरिरहेका हुन्छन् । नेपाल आएर पनि मियो साहित्यिक त्रैमासिक प्रकाशनको व्यवस्थापक भएर ६ अंकसम्म आफ्नो भूमिका निर्वाह गरिरहे ।
उनी अन्त्यमा भन्छन्, ‘मेहनत मजदुरी गर्ने गरिब दुखी परिवारलाई सस्तो शुल्कमा निजी स्कुलको सेवा दिने हाम्रो लक्ष्य हो । त्यो दिशामा म धेरै हदसम्म सफल भएको छु ।’
(डल्लुस्थित फ्यूचर स्कुलका प्रिन्सिपल मनोज श्रेष्ठ र ज्ञानघरबीच भएको कुराकानीको आधारमा)

The post अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/01/13/%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be-%e0%a4%ab/feed/ 0
फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’ https://gyaanghar.com/2024/01/04/%e0%a4%ab%e0%a4%b2%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a5%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a4%ae%e0%a4%be/ https://gyaanghar.com/2024/01/04/%e0%a4%ab%e0%a4%b2%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a5%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a4%ae%e0%a4%be/#respond Thu, 04 Jan 2024 06:11:07 +0000 https://gyaanghar.com/?p=6278 बाग्लुगको बिहुका अग्निधर कँडेल, वि.सं. २०५९ सालमा १२०० रुपैयाँ बोकेर काठमाडौँ पसेका हुन । त्यही अग्नि, राजधानी काठमाडौँमा सफल व्यवसायी बन्न सफल भए । उनी आफ मात्र सफल भएनन्, आफ्ना १५ जना आफन्तलाई पनि सफल व्यवसायी बनाए । धैर्यताका साथ काम गर्ने हो भने व्यवसायमा राम्रो प्रगति गर्न सकिने बताउँछन् फलफूल व्यवसायी, अग्निधर कँडेल । […]

The post फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’ appeared first on Gyaan Ghar.

]]>
बाग्लुगको बिहुका अग्निधर कँडेल, वि.सं. २०५९ सालमा १२०० रुपैयाँ बोकेर काठमाडौँ पसेका हुन । त्यही अग्नि, राजधानी काठमाडौँमा सफल व्यवसायी बन्न सफल भए । उनी आफ मात्र सफल भएनन्, आफ्ना १५ जना आफन्तलाई पनि सफल व्यवसायी बनाए ।
धैर्यताका साथ काम गर्ने हो भने व्यवसायमा राम्रो प्रगति गर्न सकिने बताउँछन् फलफूल व्यवसायी, अग्निधर कँडेल ।
स्कुले पढाई बागलुङको बिँहुमा पुरा गरेपछि उनी थप अध्ययनको लागि   चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस पुगे । पढाई सकेपछि वि.सं. २०५२ सालदेखि २०५८सम्म सामुदायिक वनमा काम गरे । उनीको त्यसको संस्थापक अध्यक्ष पनि भए ।
आफूलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्दै उनले गैँडाकोटमा धानको व्यापार सुरु गरे । तर उनी त्यसमा सफल  हुन सकेनन् ।
केही गर्छु भनेर उनी काठमाडौँ पसे । अनि साथी वसन्त मानन्धरको सुझाव लिएर एउटा साइकल किने र फलफूलको व्यवसाय व्यापार सुरु गरे । आफ्नो कामलाई उनले निरन्तरता दिँदै गए । जस्तोसुकै कठिन परिस्थितिमा पनि उनको धैर्यता टुटेन । आज उनी काठमाडौँको नयाँबजार क्षेत्रमा सफल फलफूल व्यसायि हुन सफल भएका छन् ।
नेपालमा कुनै पेसा व्यवसायको सम्भावना नदेख्दा थुप्रै नेपालीहरू विदेश पलायन भइरहेको अवस्था छ । तर फलफूल व्यवसायी कँडेल, कहिले विदेश पलायन हुने सोचेनन् । आफ्नै देशको एउटा व्यवसाय छानेर उनी लागि रहे । र, अहिले उनी आफ्नो व्यवसायबाट सबै खर्च कटाएर मासिक ४ लाख कमाउँछन् । उनले स्थापित गरिदिएका अन्य १५ जना व्यसायिहरुले पनि वार्षिक औसत २० लाख कमाउने बताउँछन्, व्यवसायी कँडेल ।
व्यवसायी कँडेल भन्छन्, ‘फलफूल व्यवसायबाट काठमाडौँमा घर घडेरी जोडियो । बच्चालाई पढाउन कुनै दुख  छैन । अन्य १५ जना परिवार पनि विदेश घुम्न जान सक्नुहुन्छ तर रोजगारीको लागि विदेश पलायन भइहाल्नुपर्ने अवस्था छैन । मासिक १ लाख कमाई सबैको हुन्छ ।’ उनी अगाडि भन्छन्, ‘अब हाम्रो उद्देश्य अहिलेसम्मको कमाई जोडेर पर्यटन क्षेत्रमा अगाडि बढ्ने हो । व्यवसायलाई अझ फराकिलो पार्ने हो ।’
नेपालमा व्यवसायमा धेरै सम्भावना रहेको बताउँदै व्यावसायिक कँडेल भन्छन्, ‘सामुदायिक व्यवसाय र सामुदायिक उद्यमशीलताको नेपालमा प्रचुर सम्भावना छ ।’ यस प्रकारको व्यवसायलाई पर्यटनसँग जोड्नुपर्ने भन्दै उनी भन्छन्, ‘नेपालमा पर्यटन उद्योग मार्फत ठुलो विदेशी मुद्रा भित्र्याउन सकिन्छ । यस्तो व्यवसाय, एक्लै गरेर हुँदैन । एकै पटक २० घरले सुरुवात गरिनुपर्दछ । यसरी अगाडि बढे चक्लाबन्दी तथा एकीकृत बस्तीको अवस्था समेत सिर्जना गर्दछ ।’
नेपालको फलफूल व्यवसायको समस्याप्रति केन्द्रित हुँदै व्यवसायी कँडेल भन्छन्, ‘जुम्लामा स्याउ उत्पादन गरेर मात्र भएन । त्यसको क्वालिटी, व्यवस्थापन र बजारीकरणमा पनि ध्यान दिनुपर्‍यो ।  उनी भन्छन्, ‘किवी प्रशस्त उत्पादन भयो तर त्यसको क्वालिटीमा ध्यान दिइएन । बाहिरको किवी ३०० रुपैयाँमा बेच्दा नेपालको १०० रुपैयाँमा बेच्न पनि गाह्रो हुन्छ । किनकि त्यसको क्वालिटी हुँदैन ।’
व्यावसायिक कँडेल भन्छन्, ‘अहिले भारतको केराले तथा चीनको स्याउले बजार कब्जा गरेको छ । त्यसलाई रोक्न सरकारसँग कुनै व्यवस्थित योजना छैन ।’ उनी भन्छन्, ‘माल्टाबाट प्रशस्त जुनार आउँछ । त्यो भन्दा सिन्धुलीको जुनार धेरै राम्रो छ । सिन्धुली जस्ता क्षेत्रहरूलाई चक्लाबन्दी तथा पकेट क्षेत्र बनाएर अगाडि नबढ्दा समस्या आएको उनी बताउँछन् ।’
व्यवस्थित रूपमा फलफूल खेती गर्‍यो भने विदेश जाने पैसा रोक्न सकिन्छ । त्यसको लागि पकेट क्षेत्र निश्चित गरिनुपर्ने भन्दै व्यवसायी कँडेल बताउँछन्, ‘सिन्धुलीमा जुनार, पूर्वी तराईमा आँप, पश्चिम तराईमा केरा, जुम्लामा स्याऊ, मध्य पहाडी क्षेत्रमा सुन्तला खेतीलाई व्यवस्थित रूपमा उत्पादन गर्न सकियो भने ठुलो मात्रामा विदेशी मुद्रालाई नेपालमै रोक्न सकिन्छ ।’
पकेट क्षेत्र निर्धारण गरिसकेपछि कुनै पनि उत्पादनमा कुनै एक दुई घरले मात्र सुरु गरेर हुँदैन । ५० घर एकै पटक लाग्यो भने सफल हुन सकिन्छ । त्यसरी उत्पादन गर्दै जाँदा हाम्रा अर्ग्यानिक वस्तुहरूको उत्पादनमा वृद्धि गरिनुपर्दछ । दूधजन्य सामान, फलफूलको उत्पादनको वृद्धि गरिनुपर्ने उनी बताउँछन्, ‘यो विषयको अनुसन्धान गर्दै सामुदायिक खेतीतर्फ क्रियाशील हुनुपर्दछ । त्यसरी नै समाज रूपान्तरण हुने हो ।’
‘अहिलेको सीमित उत्पादनको व्यवसयिकरण गर्न नसक्दा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन । नेताको भाषण मात्र भयो, विकासको नाममा डोजर मात्र चल्यो तर विकासको वास्तविकतातर्फ अग्रसर हुनै सकिएन । कृषिको राम्रो अनुसन्धान नै भएन ।’ व्यवसायी कँडेल भन्छन्,– सामाजिक उद्यमशीलताबाट आधुनिकीकरण, प्रतिस्पर्धा, क्वालिटी, राम्रो व्यवस्थापन हुन्छ । त्यो भयो भने राज्यको पनि ध्यान जान सक्छ ।’
 व्यावसायिक कँडेल, अहिले बागलुङको ढोरपाटनतर्फ क्रियाशील छन् । उनी भन्छन्, ‘ढोरपाटनमा विकासको धेरै सम्भावना छ । त्यो क्षेत्रको अध्ययन गर्दै हामी विकास तर्फ अग्रसर हुनेछौ । कृषि र पर्यटनसँग सम्बन्धित हुँदै पौष ११ गते देखि १५ गतेसम्म ढोरपाटनमा विशेष कार्यक्रम गरिँदै छ । त्यो कार्यक्रमको नेतृत्व डा.प्रेम शर्माले गर्दै छन् ।’
सुन र गाडिमात्न जोड्न बढी क्रियाशील हुने नेपाली जनतालाई व्यवसायी कँडेलको सुझाव छ, ‘त्यसरी देशको विकास हुँदैन ।’ उनी भन्छन्, ‘देशमा प्रशस्त श्रोत साधन छ, त्यसलाई सही रूपमा प्रयोग गर्नुपर्दछ । कृषिबाट उत्पादन हुन्छ भने पर्यटनबाट विदेशी मुद्रा सञ्चय गर्न सकिन्छ । यी दुवैलाई जोड्दै एक्लै दुक्लै हिँड्ने होइन, सामुदायिक पद्धतिबाट अग्रसर हुनुपर्दछ । आफ पनि आत्मनिर्भर हुने र समुदायलाई पनि आत्मनिर्भर बनाउन सकियो भने विदेश पलायनको समस्यालाई समाधान गर्न सकिन्छ अनि देशको विकास पनि हुन्छ ।’
(नयाँबजारका फलफूल व्यवसायी अग्निधर कँडेल र ज्ञानघरबिच भएको कुराकानीको आधारमा) 

The post फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/01/04/%e0%a4%ab%e0%a4%b2%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a5%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a4%ae%e0%a4%be/feed/ 0
आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा https://gyaanghar.com/2023/12/22/%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%a5%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be/ https://gyaanghar.com/2023/12/22/%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%a5%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be/#respond Fri, 22 Dec 2023 05:50:11 +0000 https://gyaanghar.com/?p=5955 सहर पसेपछि आफ्नो जन्मथलो बिर्सने गरिन्छ । अझ आफ्नो पेसा र व्यवसायमा व्यस्त भएपछि  आफ्नो गाउँघरको कुरा गर्ने फुर्सत पनि हुँदैन । तर त्योभन्दा फरक जीवनशैलीमा क्रियाशील छन् काठमाडौँ नयाँबजारका औषधि व्यवसायी रेसम श्रेष्ठ । व्यक्तिगत समस्या तथा जीवन चलाउन औषधि व्यवसायमा संलग्न रहे गरे पनि उनको पुरै ध्यान आफ्नो गाउँतर्फ नै हुने गर्दछ  । […]

The post आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा appeared first on Gyaan Ghar.

]]>
सहर पसेपछि आफ्नो जन्मथलो बिर्सने गरिन्छ । अझ आफ्नो पेसा र व्यवसायमा व्यस्त भएपछि  आफ्नो गाउँघरको कुरा गर्ने फुर्सत पनि हुँदैन । तर त्योभन्दा फरक जीवनशैलीमा क्रियाशील छन् काठमाडौँ नयाँबजारका औषधि व्यवसायी रेसम श्रेष्ठ ।
व्यक्तिगत समस्या तथा जीवन चलाउन औषधि व्यवसायमा संलग्न रहे गरे पनि उनको पुरै ध्यान आफ्नो गाउँतर्फ नै हुने गर्दछ  । गाउँमा औषधिको उपलब्धता लगायत स्वास्थ्य सेवाको विभिन्न पाटाहरूमा उनी सक्रिय भइरहेका हुन्छन् ।
‘जन्मेको गाउँको विकास हुनुपर्दछ, त्यहाँमा मानिसहरू सक्रिय हुनुपर्दछ’ भनेर समाजसेवी श्रेष्ठ आफ्नो गाउँमा लामो समयदेखि औषधि पसल खोल्दै आए । वि.सं. २०५९ सालमा केही साथीहरूसँग मिलेर आवश्यक प्रक्रिया पुरा गरी हेल्थ सेन्टर पनि उनले खोले । सुरुमा अनुभव नहुँदा सानो औषधि पसल सञ्चालन गरे पनि त्यसलाई व्यवस्थित रूप दिन हेल्थ सेन्टर खोलेको उनी बताउँछन् ।
गाउँको स्वास्थ्य सेवामा सुधार ल्याउन कसरी क्रियाशील भइरहनु भएको छ ? भनेर प्रश्न गरिदा उनी भन्छन्, ‘गाउँमा सिटामोल पाउन पनि गारो थियो । अस्पताल निकै टाढा टाढा हुन्थ्यो । आफ्नो गाउँको स्वास्थ्य समस्या देखेर पनि स्वास्थ्यको पढाइ सुरु गरेको हु ।’ उनी भन्छन्, ‘गाउँमा कुनै बिरामी भयो भने स्टेचरमा बोकेर घन्टौ टाढा लग्नुपर्ने बाध्यता देखेर पनि त्यस प्रकारको काम सुरुवात गरेको हुँ ।’
समाजसेवी श्रेष्ठ भन्छन्, ‘थुप्रै युवाहरू विदेश पलायन भई रहेका छन् । बाँकी रहेकाहरूलाई स्वास्थ्यमा समस्या आउँदा निकै दुःख पाइरहेको अवस्था छ । सामान्य रुघा घोकी जोरो आउँदा पनि ५०० रुपैयाँको औषधि खर्च हुन्छ भने १५००/२०००को ज्याला बेहोर्नुपर्ने अवस्था हुन्छ । त्यो ज्यालाको पैसा पनि जाँड रक्सी खाएर सक्ने अवस्था थियो । यस प्रकारका नराम्रो चलनलाई मेट्न पनि स्वास्थ्य तथा परामर्शको आधारमा सुधार गर्न सक्दो भूमिका निर्वाह गर्दै आइरहेको छु ।’
काठमाडौँमा स्वास्थ्यको क्षेत्रमा क्रियाशील भए पनि आफ्नो गाउँमा भनेजस्तो सुधार गर्न नसक्दा समाजसेवी श्रेष्ठ त्यति सन्तुष्ट छैनन् । तालकोट सेवा समाज नामक संस्थाबाट पनि उनी गाउँको सुधार तथा विकासको क्षेत्रमा सक्रिय छन् ।  गाउँमा औषधिको उपलब्धता लगायत स्वास्थ्य तथा कृषि क्षेत्रका विभिन्न पक्षहरूमा उनी क्रियाशील भइरहेका छन् ।
सुन्तला, फलफूल खेती लगायत कृषिको क्षेत्रमा केही फड्को मार्न खोज्दा पनि सबै सहर केन्द्रित हुँदा सोचेअनुसार सफलता प्राप्त गर्न सकेको अवस्था छैन । गाउँको जमिन उजाड भएको अवस्था छ । कृषिमा सुधार हुन सकेको अवस्था छैन । तर पनि समाजसेवी श्रेष्ठ भन्छन्, ‘हामी सामाजिक प्राणी हौ त्यसैले सामाजिक तथा विज्ञानको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहनुपर्दछ । विभिन्न आपत् विपत् आउँदा अरूको मुख ताकेर होइन आफै सक्षम हुनुपर्दछ ।’  यही भावनाका साथ उनी तथा उनको संस्थाले विद्यालय लगायत विभिन्न भौतिक संरचनाहरू निर्माण गर्दै आएको अवस्था छ । त्यस्तै विभिन्न राहत तथा विकासका कार्यक्रमहरू समेत गर्दै आएको अवस्था छ । उनी भन्छन्, ‘अरूको कुरा सुनेको भरमा पछि लागि हाल्ने बानीले पनि दुख पाएको अवस्था छ । त्यसैले यस प्रकारको व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ ।’
व्यवसायी श्रेष्ठको मिठो बोली र व्यवहारबाट पनि नयाँ बजारमा उनको औषधि व्यवसाय फस्टाएको अवस्था छ । उनी भन्छन्, ‘काम गर्ने शैलीले पनि नयाँ बजारमा मेरो औषधि पसल फस्टाएको हो  । सम्भव भए सम्म कम खर्चमा सेवाग्राहीले सुविधा पाउनुपर्दछ भन्ने मान्यता राख्दछु । अनि सरकारी अस्पतालमा उपचार गराउन सुझाव दिन्छु । यी सबै कारणले पनि उनी आफ्नो व्यवसायमा लोकप्रिय हुँदै गएको उनी बताउँछन् ।
महँगो स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन के गर्नुपर्दछ ? भनेर प्रश्न गरिदा उनी भन्छन्, ‘सबै वडाहरूमा हेल्थ पोस्टहरू स्थापना गरेर दक्ष जनशक्तिको निर्माण गर्नुपर्दछ । उचित अनुगमन हुन नसक्दा पनि उपभोक्ताहरूले आवश्यकताअनुसार सुविधा पाउन सकेको अवस्था छैन । औषधिहरू राम्रा हुन कि होइनन्, कर्मचारीहरूले राम्ररी काम गरेको छ कि छैन लगायतका कामहरूलाई दुरुस्त हुनुपर्दछ । यो क्षेत्रमा सरकारको विशेष भूमिका हुनुपर्दछ । त्यो भयो भने मात्र आम जनताको स्वास्थ्य क्षेत्रको आर्थिक भारलाई कम गर्न सकिन्छ ।’
वि.सं.२०२९साल चैत्रमा साबिकको गोरखाको तालकोट र हाल बारपाक वडा नं.६मा जन्मिएका रेसम श्रेष्ठ सानैदेखि कृषि पेसा नै व्यस्त रहे । नजिकै स्कुल भए पनि गाउँमा शिक्षाको वातावरण थिएन । कृषिबाट नै सबै गुजारा चल्छ भन्ने भावनाले पनि पढाइमा ध्यान गएन ।  साथीहरू अलि ठुला मान्छे भएको देखेपछि मात्र पढ्नुपर्दछ भन्ने भावनाको विकास भएको उनी बताउँछन् ।
 १६÷१७ वर्षको उमेरमा मात्र श्रेष्ठको प्राइमरी स्कुलको सुरुवात भयो । ठुलो परिवार थियो । घर चलाउन गारो थियो । कृषिले मात्र बाच्न गारो थियो । किसानको छोरो भएका कारण आर्थिक कठिनाइको सामना गर्नुपर्‍यो । त्यति बेला १०/१२ हजार जुटाउन पनि गारो कुरा थियो । अभिभावकसँग पनि माग्ने अवस्था थिएन । तर पनि निकै आर्थिक कठिनाइका बाबजुद पढाई पुरा गरेको उनी सुनाउँछन् ।
एसएलसीको पढाई पछि श्रेष्ठले अहेवको पढाई पुरा गरे । सेभ त चिल्ड्रेनमा काम गर्दै उनले थुप्रै अनुभवहरू समेत बटुल्दै गए । सामाजिक भावनाका विकास हुँदै गयो । अहिले पनि उनी काठमाडौँ, नयाँबजारमा रहेको मनासलु फार्मेसीको नामबाट औषधि व्यवसायमा लागेका छन् । ‘तर मन त गाउँमै छ’, उनी भन्छन् । आफ्नो जन्मथलोलाई अझ राम्रो बनाउनुपर्दछ भन्ने उच्च भावनाका साथ आफ्नो बाँकी जीवनमा प्रयासरत रहिरहने उनी बताउँछन् ।
(समाजसेवी रेशम श्रेष्ठसँग कुराकानीमा आधारित / समीर सिंह)

The post आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/12/22/%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%a5%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be/feed/ 0
अलबिदा नेता मेघराज आचार्य ! https://gyaanghar.com/2023/11/02/%e0%a4%85%e0%a4%b2%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%98%e0%a4%b0%e0%a4%be%e0%a4%9c-%e0%a4%86%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d/ https://gyaanghar.com/2023/11/02/%e0%a4%85%e0%a4%b2%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%98%e0%a4%b0%e0%a4%be%e0%a4%9c-%e0%a4%86%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d/#respond Thu, 02 Nov 2023 11:48:26 +0000 https://gyaanghar.com/?p=4758 एउटा असल मानिसको मृत्युले सबैलाई शोकाकुल बनायो । पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको मृत्युको १३औँ दिनको श्रद्धाञ्जली कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा उपस्थिति सबैको एउटै भनाई थियो, ‘हामीले असल नेता, अभिभावक र शिक्षक गुमायौ ।’ समाजमा जन्मिएपछि आफ्नो व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुनु हुँदैन । समाज र व्यवस्था परिवर्तनको लागि प्रत्येक व्यक्तिको केही न केही […]

The post अलबिदा नेता मेघराज आचार्य ! appeared first on Gyaan Ghar.

]]>
एउटा असल मानिसको मृत्युले सबैलाई शोकाकुल बनायो । पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको मृत्युको १३औँ दिनको श्रद्धाञ्जली कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा उपस्थिति सबैको एउटै भनाई थियो, ‘हामीले असल नेता, अभिभावक र शिक्षक गुमायौ ।’
समाजमा जन्मिएपछि आफ्नो व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुनु हुँदैन । समाज र व्यवस्था परिवर्तनको लागि प्रत्येक व्यक्तिको केही न केही भूमिका हुनुपर्दछ । जीवनको त्यो महत्त्वपूर्ण परीक्षामा दिवंगत् नेता मेघराज आचार्यले पनि आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेर अलबिदा भए । कुनै बेला कम्युनिस्ट पार्टीको सदस्य भएर, कुनै बेला स्कुलको शिक्षक भएर, कुनै बेला समाज तथा परिवारको असल अभिभावक भएर आफ्नो सङ्घर्षशील यात्रा गरिरहे । आफ्नो ८६ वर्षको लामो जीवन यात्राका साथ कार्तिक ४ गते सबैबाट सधैभरिका लागि बिदा हुँदै उनको भौतिक शरीरको अन्त भयो ।
दिवङ्गत नेता मेघराज आचार्यप्रति श्रद्धाञ्जली प्रकट गर्न कार्तिक १६ गतेका दिन पशुपतिको सुमार्गी भवनमा विभिन्न राजनैतिक, सामाजिक तथा परिवारजनका सदस्यहरूको उपस्थिति रह्यो । माओवादी नेता देव गुरुङ, राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्य, प्रलेसका उपाध्यक्ष समीर सिंह लगायतले श्रद्धाञ्जली मन्तव्य राख्दै ‘दिवङ्गत नेता आचार्यको भौतिक शरीर अन्त भए पनि उनको समाजप्रतिको योगदान तथा भूमिका जीवन्त रहिरहने’ विचार प्रकट गरे । नेता आचार्य आफैले समाजको रुढीवाद तथा अन्धविश्वासको विरुद्ध सक्रिय भूमिका निर्वाह गरेको अवस्था थियो ।  त्यस प्रकारको सामाजिक अभियानमा ‘समाजका सचेत व्यक्तिहरूले  पनि आफ्नो जीवनमा कार्यान्वयन गर्नुपर्ने’ सबैको धारणा थियो ।
आफ्नो बाबाको सामाजिक तथा राजनीतिका भूमिकाको बारेमा चर्चा गदै छोरा प्रकाशले ‘बुवाको सम्झनामा अक्षय कोष निर्माण गरी जेहेन्दार तथा गरिब विद्यार्थीहरूलाई सहयोग गरिरहने’ बताए । कैलाली स्थित टीकापुर नगरपालिका वडा नं.३ रहेको हिमालय माध्यमिक विद्यालय घिया पुछरी तथा प्युठानस्थित माण्डवी गाउँपालिका वडा नं.३ तिघ्रामा रहेको बागेश्वरी माविमा दिवङ्गत नेता आचार्यको विशेष भावनात्मक सम्बन्ध थियो । ती स्कुलहरूमा जनही एक लाख पचास हजारको दरले अक्षय कोष निर्माण गरी बुवाको शिक्षाको क्षेत्रमा रहेको सकारात्मक भूमिकालाई स्मरण गरिरहने उनले बताए ।

The post अलबिदा नेता मेघराज आचार्य ! appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/11/02/%e0%a4%85%e0%a4%b2%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%98%e0%a4%b0%e0%a4%be%e0%a4%9c-%e0%a4%86%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d/feed/ 0
आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है ! https://gyaanghar.com/2023/11/01/%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87/ https://gyaanghar.com/2023/11/01/%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87/#respond Wed, 01 Nov 2023 03:03:41 +0000 https://gyaanghar.com/?p=4692 शिर्षक अलि फरक छ । आकाशको सूर्यसँग पढाइको के सम्बन्ध ?  भन्न सकिन्छ । पढ्न मन नलागेर पो अल्छी  हुने हो,  भन्न सकिन्छ । तर त्यति मात्र होइन । हिन्दु धर्ममा सूर्यतर्फ फर्केर प्रार्थना गर्ने गरिन्छ । त्यस प्रकारको प्रार्थनामा केही अन्धविश्वास छ र केही विज्ञान पनि । प्राचीन कालका मानिसहरूले सूर्यबाट केही ऊर्जा आएको […]

The post आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है ! appeared first on Gyaan Ghar.

]]>
शिर्षक अलि फरक छ । आकाशको सूर्यसँग पढाइको के सम्बन्ध ?  भन्न सकिन्छ । पढ्न मन नलागेर पो अल्छी  हुने हो,  भन्न सकिन्छ । तर त्यति मात्र होइन ।
हिन्दु धर्ममा सूर्यतर्फ फर्केर प्रार्थना गर्ने गरिन्छ । त्यस प्रकारको प्रार्थनामा केही अन्धविश्वास छ र केही विज्ञान पनि । प्राचीन कालका मानिसहरूले सूर्यबाट केही ऊर्जा आएको तथा त्यसबाट केही रोग व्याधि सन्चो भएको आधारमा पनि सूर्यलाई शक्तिको रुपमा पूजा गरेको हुनसक्छ ।
सूर्यलाई हेला गर्दा म आफै केही दिनदेखि पढाइमा अल्छी भइरहेको अवस्था थियो । बिहानको कसरत पनि कोठाभित्रै गर्ने । पढ्ने लेख्ने, कम्प्युटर पनि कोठाभित्र चलाउने । अनि परिणाम, म बिस्तारै अल्छी हुँदै गए । त्यो कसरी भयो त ?
विभिन्न रोगहरू जाँच्दै जाँदा टीचिंगमा चर्म रोग विशेषज्ञ डा.सीमा सिटौलालाई पनि जँचाए । वहाँले भिटामिन डी जाँच गर्न भन्नु भयो । भिटामिन डिको लेबल ३० भन्दा माथि हुनुपर्नेमा मेरो १३ मात्र रहेछ । यसरी लेबल तल झरेपछि मांसपेशी दुख्ने, जोर्नीहरू दुख्ने र जे गर्दा पनि अल्छी मात्र लाग्ने हुँदो रहेछ ।
म किन अल्छी हुँदै गए भनेको, वैज्ञानिक कारण त्यसो पो रहेछ । अर्थात् हाम्रो पढाई लेखाई र मेहनत गर्ने कुरा, आकाशको सूर्यसँग सम्बन्धित रहेछ । आकाशको सूर्यलाई हेला गर्यो भने भिटामिन डी पाइँदो रहेनछ । अनि पढ्ने लेख्ने कुरामा पनि अल्छी भइँदो रहेछ । त्यसैले आकाशको सूर्यको वैज्ञानिक महत्वलाई कसैले पनि अवहेलना नगरौँ है ।
– समीर सिंह

The post आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है ! appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/11/01/%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87/feed/ 0
डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’ https://gyaanghar.com/2023/10/29/%e0%a4%a1%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ab%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%b2-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%9b%e0%a4%bf%e0%a4%ae%e0%a5%87/ https://gyaanghar.com/2023/10/29/%e0%a4%a1%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ab%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%b2-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%9b%e0%a4%bf%e0%a4%ae%e0%a5%87/#respond Sun, 29 Oct 2023 15:01:47 +0000 https://gyaanghar.com/?p=4633 ‘कहिलेकाहीँ मकहाँ बिरामी आउँदा पेट सिटी, बोन स्क्यान, एमआरआई सबै गरिसकेको हुन्छ । बिरामी, आफै डाक्टर भइदिने प्रचलन छ । त्यो तरिका राम्रो होइन ।’ नेपाल क्यान्सर अस्पतालमा ब्रेष्ट अन्को सर्जनको रूपमा कार्यरत डा.प्रफुल्ल शाक्य भन्छन्, ‘क्यान्सरका विभिन्न प्रकारहरू हुन्छ । फरक–फरक क्यान्सरअनुसार फरक प्रकारले उपचार गर्नु पर्ने हुन्छ । तर अहिले सबै आफै डाक्टर […]

The post डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’ appeared first on Gyaan Ghar.

]]>
‘कहिलेकाहीँ मकहाँ बिरामी आउँदा पेट सिटी, बोन स्क्यान, एमआरआई सबै गरिसकेको हुन्छ । बिरामी, आफै डाक्टर भइदिने प्रचलन छ । त्यो तरिका राम्रो होइन ।’ नेपाल क्यान्सर अस्पतालमा ब्रेष्ट अन्को सर्जनको रूपमा कार्यरत डा.प्रफुल्ल शाक्य भन्छन्, ‘क्यान्सरका विभिन्न प्रकारहरू हुन्छ । फरक–फरक क्यान्सरअनुसार फरक प्रकारले उपचार गर्नु पर्ने हुन्छ । तर अहिले सबै आफै डाक्टर भएर पनि समस्या आएको हो । छिमेकी, तरकारी पसले, ड्राइभर, काम गर्ने र बाटोमा हिँड्ने सबै डाक्टर भइदिँदा यो रोग झनै जटिल भइदिने गर्दछ ।’
क्यान्सर रोगलाई महँगो र एकदमै जटिल रोग भनेर चिनिन्छ । नेपालीजस्तो न्यून आय स्तर भएकाहरूलाई त यो रोगले झनै तनाव दिँदै गइरहेको अवस्था छ । आधुनिक जीवन शैलीले गर्दा नेपालमा क्यान्सर बिरामीहरूको सङ्ख्या बढ्दो क्रममा छ । यस प्रकारको चुनौतीपूर्ण अवस्थामा सर्वप्रथम आम मानिस र क्यान्सर सर्वाइभरहरु आफै चनाखो हुनुपर्ने बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘कतिपय निजी अस्पतालका डाक्टरहरूले भएभरको जाँच गराउँछन् भन्ने रिपोर्टहरू मकहाँ पनि आउने गरेको छ ।’ उनी भन्छन्, ‘त्यसरी जाँच गराउँदा सर्वप्रथम बिरामीले डाक्टरले जाँच गर्न भनेपछि किन ? यो जाँच गरेपछि के हुन्छ ? जस्ता प्रश्नहरू गर्नुपर्दछ । त्यत्तिकै भएभरका जाँचहरू गर्न दिइन्छ भने त्यो राम्रो कुरा होइन र त्यसो गर्नु पनि हुँदैन ।’
क्यान्सर बिरामीको लागि चाहिने किमोको नेपालमा उत्पादन हुँदैन । त्यसैले पनि यसको औषधि महँगो भएको बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘राज्यको नीतिको कारणले पनि क्यान्सरको उपचार महँगो भएको हो ।’ फेरि पनि विदेशको तुलनामा नेपालमा डाक्टरहरूसँग भेट पनि सहज हुने र औषधि उपचार पनि धेरै सस्तो रहेको उनी बताउँछन् ।
कमजोर आय स्तर भएका क्यान्सर बिरामीहरूको लागि वीर, सिटी जस्ता सरकारी अस्पतालहरू उपयुक्त भए पनि त्यहाँको सरसफाइ तथा दक्ष डाक्टरहरूको समूहप्रति राज्यले ध्यान दिनुपर्ने बताउँदै डा.प्रफुल्ल भन्छन् ‘दक्ष डाक्टरहरूको संरक्षण गर्न नसक्दा उनीहरू विदेश पलायन हुनु दुःखद विषय हो ।’
नेपालको न्यून आय स्तर भएका नेपालीहरूलाई क्यान्सर रोगसँग लड्न आर्थिक तथा समयको दृष्टिले पनि बढी खर्चिलो भएको भन्दै डा.प्रफुल्ल भन्छन्, ‘राज्यले आर्थिक रूपमा केही सहयोग गरे पनि त्यो पर्याप्त छैन । यो रोग सुरु देखि नै महँगो छ । गरिब बिरामीहरूको उपचारको लागि इन्सुरेन्स लगायत विभिन्न नीतिहरू बनाएर उनीहरुलाई आर्थिक रूपमा पर्ने मानसिक तनावबाट मुक्त गर्नुपर्दछ ।’
कतिपय बिरामीहरूमा सुरुमै सबै डायग्नोसिस गरिहाल्नुपर्दछ भन्ने मानसिकताले पनि आर्थिक भार बढेको बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘सुरुमा कोर बायोप्सी गर्दा महँगो नै हुन्छ । त्यो सरकारी र निजी अस्पतालमा एउटै खर्च हुन्छ ।’ फेरि पनि क्यान्सर रोगको जटिलतालाई कम गर्न सचेतना अभियानको निकै ठुलो महत्त्व हुने उनी बताउँछन् ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना अभियानको रूपमा मनाउने गरिन्छ । नेपालमा पनि नेपाल क्यान्सर सर्ववाइभर सोसाइटी लगायत विभिन्न सङ्घ संस्थाहरूले त्यस प्रकारको सचेतना अभियान, विभिन्न रचनात्मक कार्यक्रम सहित सम्पन्न गरेको अवस्था छ । अक्टोबर महिनाको स्तन क्यान्सर सचेतना कार्यक्रमको विशेष महत्त्व रहेको बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘यो पटक सचेतना कार्यक्रम, युवा महिला विद्यार्थीहरूको बिचमा केन्द्रित भयौँ । उनीहरुलाई क्यान्सरको सुरुवाती चरणमा रोग पत्ता लगाउने पद्धतिहरू सिकाउने काम भयो ।’ उनी भन्छन्, ‘यो रोगलाई जति छिटो पत्ता लगाउन सक्यो त्यति चाँडो निको हुने सम्भावना एकदमै धेरै हुन्छ । त्यसैले सचेतना अभियानमाको विशेष भूमिका हुन्छ ।’
स्तन क्यान्सरको लक्षणको बारेमा स्पष्ट पार्दै डा.प्रफुल्ल भन्छन्, ‘सुरुमा स्तनमा गिर्खा देखिन्छ । त्यो पछि ठुलो हुँदै जान सक्छ । कतिपय अवस्थामा काखीमा पनि गिर्खा हुन्छ ।’ उनी भन्छन्, ‘सबै गिर्खाहरू स्तन क्यान्सर हुँदैन । कसैलाई सामान्य अपरेसन गर्नुपर्ने हुन्छ । त्यसको लागि ब्रेष्ट स्पेसलिष्टलाई देखाएर छिटो भन्दा छिटो रोगलाई निको पार्नुपर्ने हुन्छ ।’
क्यान्सर रोगका विभिन्न कारणहरू हुने बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘हिरोसिमा र नागासाकीमा भएको परमाणु विस्फोटबाट एक प्रकारको रेडिएसन आएको थियो । दोस्रो विश्वयुद्धको समयमा खसाइएको परमाणु बमले पनि त्यो वरिपरिको क्षेत्रमा धेरै मानिसहरू क्यान्सरको बिरामी भए । त्यही प्रकारको रेडिएसन एक्स-रे, सिटी स्केनहरुमा पनि हुन्छ । यद्यपि आधुनिक चिकित्सा पद्धतिको विकासले त्यस प्रकारको रेडिएसन एकदमै थोरै मात्रामा हुन्छ । यो पनि क्यान्सरको एउटा कारण हुन सक्छ ।’
क्यान्सरका अरू कारणहरूका बारेमा प्रस्ट पार्दै उनी भन्छन्, ‘अहिलेसम्मको तथ्याङ्कअनुसार १० प्रतिशत क्यान्सरको रोग, वंशाणुगत कारणले हुने गरेको छ । आधुनिक जीवनशैली, खानपिन तथा मोटोपनका कारणले पनि यो रोगको सिकार भइन सक्छ ।’ उनी भन्छन्, ‘हरमोनको औषधि खाएर पनि कसैलाई क्यान्सर हुन सक्छ । त्यस कारण क्यान्सरको ठ्याक्कै कुनै एउटा निश्चित कारण हुँदैन ।’

(नेपाल क्यान्सर अस्पतालका ब्रेष्ट अन्को सर्जन डा.प्रफुल्ल शाक्यसँगको कुराकानीको आधारमा)

–समीर सिंह  

The post डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2023/10/29/%e0%a4%a1%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ab%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%b2-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%9b%e0%a4%bf%e0%a4%ae%e0%a5%87/feed/ 0