health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131The post नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ असार ७ । ‘नेपाली लघुकथामा प्रगतिशीलता एक प्रमुख चेतनाको रूपमा विकास भइसकेको’ लघुकथाकार डा.पुष्करराज भट्टले बताए । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको नेपाली लघुकथामा प्रगतिशीलता विषयक ७२औँ परिसंवाद कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
असार ७ गते बागबजारस्थित प्रलेस कार्यालयमा भएको परिसंवाद कार्यक्रममा डा.भट्टले, ‘सूत्रात्मक हुनु, आकस्मिक हुनु, व्यङ्ग्यात्मक हुनु, प्रहारक क्षमता हुनु लघुकथाको प्रमुख विशेषता भएको’ बताए– ‘यस प्रकारको कथामा प्रारम्भमा कुनै घटनाको प्रारम्भ हुन्छ, घटनाको विकाससँग दुई भिन्न प्रवृत्तिका बिचमा सङ्घर्ष हुन्छ र अन्त्यमा फरक फरक विचार वा दृष्टिकोण सहित समापन हुन्छ ।’

परिसंवाद कार्यक्रममा आफ्नो धारणा राख्नै डा.भट्टले भने, ‘लघुकथाको प्रारम्भ र मध्यमा जुन खाले विचार हुन्छ, त्यसको अन्त्यमा फरक फरक विचार वा दृष्टिकोण सहित समापन हुन्छ ।’ उनले अगाडि भने, ‘लघुकथाको अन्त्यमा व्यङ्ग्य, विद्रोहका साथै सन्देशपरकता पाइन्छ । लघुकथा आफै दृष्टिकोण हो ।’
प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षता तथा उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले विषयवस्तुका बारेमा प्रस्ट पारेका थिए ।
परिसंवाद कार्यक्रममा मातृका पोखरेल, गोपिरमण उपाध्याय, डा.हरिप्रसाद सिलवाल, डा.पूर्ण भण्डारी, जगत् वाशिष्ठ, चेवन चन्द्र बस्नेत, केशु कार्कीले पूरक टिप्पणी गरेका थिए ।
The post नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न appeared first on Gyaan Ghar.
]]>The post मिश्रका कविताले गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दियो ः प्रा.डा.तिमिल्सेना appeared first on Gyaan Ghar.
]]>
फागुन ५, काठमाडौँ । युद्धप्रसाद मिश्रका कविताहरूका कारण नेपालको गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दिएको प्रा.डा.पशुपतिनाथ तिमिल्सेनाले बताए । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिद्वारा आयोजित नेपालको गणतान्त्रिक आन्दोलनमा युद्धप्रसाद मिश्रका कविताको योगदान विषयक ६९औँ परिसंवाद कार्यक्रममा उसले सो धारणा राखेका हुन् ।
फागुन ४ गतेका दिन बागबजारस्थित प्रलेस कार्यालयमा भएको कार्यक्रममा प्रा.डा.तिमिल्सेनाले ‘मुलुकमा गणतन्त्र आए पनि मिश्रका काव्यात्मक योगदानलाई उपेक्षा गर्ने गरिएको’ बताए, ‘मृत्युको अन्तिम समयसम्म पनि मिश्र गणतन्त्रको पक्षमा कविताका साथै आफ्नो जीवनलाई पनि त्यही रूपमा परिणत गरे । रक्तक्रान्ति जस्ता कविताहरूले ६२/६३ सालको आन्दोलन चर्कियो । देशमा गणतन्त्र पनि आयो तर त्यस प्रकारका कविता लेख्ने मिश्रलाई राज्यले उपेक्षा गरिरह्यो ।’
सामन्तवादका विरुद्ध आवाज उठाउने मिश्रको कविता प्रारम्भमा प्रकृतिवादी कविताको रूपमा रहेको बताउँदै प्रा.डा. तिमिल्सेनाले भने, ‘सानैदेखि मिश्रको कवितामा विद्रोही स्वभाव थियो । नेपालमा गणतन्त्र स्थापना गर्नको लागि मिश्रका कविताले गणतान्त्रिक चेतना उत्पन्न गरेको थियो । उनका कविताहरूमा सामन्तवाद तथा त्यसका विकृत व्यवहारहरू विरुद्ध केन्द्रित थियो ।’ उनले भने, ‘मिश्र सामाजिक न्याय, प्रगतिशील आन्दोलनको योद्धा तथा सामन्तवादलाई प्रहार गर्ने सशक्त कवि थिए ।’
मिश्रका कविताको समीक्षा गर्दै प्रा.डा. तिमिल्सेनाले भने, ‘सामन्तवादी यथास्थितिवादलाई ढाल्नको लागि स्वच्छन्दतावादी कविताको सुरुवात गरियो । सामन्तवाद विरुद्ध आवाज उठाउने त्यो साहित्यको प्रगतिशील स्वरूप थियो । पछि स्वच्छन्दतावाद बाट माथि उठ्दै उनको कविताले प्रगतिवादी रूप धारण गर्यो ।’ उनी अगाडि भन्छन्, ‘स्वच्छन्दतावादलाई प्रगतिवादसँग समन्वय गरी स्वच्छन्द वादी प्रगतिवाद भन्न मिल्दैन । त्यो गलत हो ।’
माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, लक्ष्मी प्रसाद देवकोटा, केदारमान व्यथितले ०७ सालसम्म शासकको स्तुति गरेको कविता वाचन गरेको भन्दै प्रा.डा.तिमिल्सेनाले भने, ‘ मिश्रले त्यस प्रकारको कविता कहिले लेखेनन् । उनी नेपाली काँग्रेसमा जोडिए पनि सुरुदेखि नै सामन्ती शासकका विरुद्ध काव्यात्मक योगदान रहिरह्यो । पुराना पुस्ताको भए पनि शासकको स्तुति नगाएको एउटा मात्र कवि युद्धप्रसाद मिश्र हुन ।’
पौराणिक विषयवस्तुलाई पुरै नष्ट नगरेर त्यहाँभित्रका नकारात्मक कुरालाई हटाउँदै तथा सकारात्मक कुराहरूलाई ग्रहण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने मिश्रको धारणा रहेको भन्दै प्रा.डा.तिमिल्सेना भन्छन्, ‘पौराणिक ग्रन्थको पीडितको पक्षमा लेखिएको काव्य ग्रन्थ मुक्तसुधा थियो । सुदामालाई विद्रोह बन्न प्रेरित गर्ने त्यो कविता थियो ।’
मिश्र विचार र व्यवहारलाई जोड्ने एउटा मात्र कवि थिए भन्दै प्रा.डा.तिमिल्सेना भन्छन्, ‘यो कुरालाई जोड्न नसकेको अहिलेको सामाजिक तथा राजनीतिक प्रणालीले मिश्रबाट शिक्षा लिनुपर्दछ ।’ उनी भन्छन्, ‘जीवनको अन्तिम क्षणमा वीर अस्पतालमा छटपटाइरहेको बेलामा पनि ६२ ६३ सालको आन्दोलनमा सहभागी हुनुले पनि त्यो कुराको पुष्टि गर्दछ ।’
प्रलेसका सचिव बाल मुकुन्द कार्कीको सञ्चालनमा भएको परिसंवाद कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष डा.मधुसुदन गिरीले गरेका थिए । कार्यक्रमको विषयवस्तुको बारेमा परिसंवाद कार्यक्रमका संयोजक तथा उपाध्यक्ष समीर सिंहले प्रस्ट पारेका थिए ।
कार्यक्रममा मातृका पोखरेल, गोपिरमण उपाध्याय, नन्दु उप्रेती, वैरागी जेठा लगायतले पूरक टिप्पणी गरेका थिए ।
स्मरण रहोस्, गणतन्त्रवादी कवि मिश्रको जन्म भक्तपुरको सोमलिङटारमा वि.सं.१९६४मा भएको थियो भने उनको मृत्यु वि.सं.२०४७ साल फागुन ६ गते भएको थियो ।
The post मिश्रका कविताले गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दियो ः प्रा.डा.तिमिल्सेना appeared first on Gyaan Ghar.
]]>The post योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ माघ २७ । ‘योग दर्शनमा पनि मार्क्सवादको अंश छ’ –योग दर्शनका व्याख्याता डा.हरिप्रसाद पोखरेलले भने, ‘अप्रतिगृह, यो दर्शनको एउटा नियम हो । यो नियम भनेको आवश्यकताभन्दा बढी वस्तु प्रयोग नगर्नु तथा त्यो अरूलाई दिनु भन्ने हो । यो नियमलाई कडाइका साथ पालन गरियो भने पनि विभेदको मात्रा धेरै हदसम्म हट्न सक्छ ।’
ज्ञानशाला अनुसन्धान केन्द्रले माघ २७ गते नयाँबजारस्थित आफ्नो हलमा आयोजना गरेको कार्यक्रममा डा.पोखरेलले भने, ‘योग दर्शनमा विपरीतहरूबिच एकता हुन्छ, अर्थात् दायाँ भएपछि बायाँ हुनै पर्छ, तल भएपछि माथि हुनै पर्दछ । यस प्रकारको प्रक्रिया पनि एक प्रकारको द्वन्द्ववाद हो ।’

‘योग दर्शनले ऊर्जा उत्पादन हुन्छ, उपयोग हुन्छ र विलय हुन्छ भन्ने मान्यता राख्दछ । उपयोगबाट नै रूपान्तरण हुने हो । ऊर्जा रूपान्तरण भएन भने आवश्यकता भन्दा बढी शक्तिको आवश्यकता पर्दछ । आसनले ऊर्जा रूपान्तरणमा सहयोग गर्दछ ।’ डा.पोखरेलले भने, ‘हरेक कोषसम्म श्वास पुग्न सक्यो अर्थात् अन्तर कोसीका स्वशासन हुन सक्यो भने शरीर स्वस्थ हुने हो । त्यसको लागि प्राणायाम जस्ता व्यायामले सहजीकरण गर्दछ ।’
शारीरिक सुगठन जस्ता व्यायाममा निकै दुख दिइन्छ । त्यसलाई निरन्तर दिन नसक्दा शरीरमा शिथिलता आउन थाल्दछ तर योगले लचकताको कुरा मात्र गर्दछ, यसको दीर्घकालीन महत्त्व हुने डा.पोखरेलले बताए ।

छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै डा.पोखरेलले भने, ‘मनको एकाग्रताबाट विचार शून्यमा जान सकियो भने नयाँ सिर्जना निर्माण गर्न सहज हुन्छ । यो नै योगको मान्यता हो ।’ उदाहरणबाट प्रस्ट पार्दै उनले भने, ‘न्युटनमा विचार शून्यको अवस्था नभएको भए गुरुत्वाकर्षणको नियम आउन नै सक्दैनथ्यो । रचनात्मक क्षमताको विकास हुनै सक्दैनथ्यो ।’
योगले रचनात्मक शिक्षामा जोड दिने भन्दै डा.पोखरेलले भने, ‘मान्छेको चेतनाको विकास भनेको आम मानिसले देख्न नसक्ने कुरा देख्न सक्नु हो ।’ नेपालको अवस्था प्रस्ट पार्दै उनले भने, ‘हामीले उत्पादनमूलक शिक्षा दियौ तर रचनात्मक शिक्षा दिएनौ । त्यसैले हामी पछाडि पर्यौ ।’
मानिसको स्वास्थ्य भनेको भनेको भौतिक, सामाजिक, आध्यात्मिक, जीवनको समग्र प्रणाली हो भन्दै उनले भने, ’आध्यात्मिकता भनेको पूजा पाठ मात्र होइन, सम्पूर्ण मानिसको खुसीको प्राप्ति हो । यो चेतनाको उच्चतम रूप हो ।’
मानसिक रोग पनि एउटा डरलाग्दो विषय बन्दै गइरहेको बताउँदै डा.पोखरेलले भने, ‘रिस उठ्नु, महत्त्वाकाङ्क्षा धेरै हुनु, झगडा गर्नु, नकारात्मक कुरा मात्र गर्नु सबै मानसिक रोग हो । केरा खाएर बोक्रा फाल्नु, चकलेटको खोल जथाभाबी फाल्नु पनि सामाजिक मानसिक रोग हो । तनाव व्यवस्थापन गर्न नसक्दा मानिसको जीवनमा समस्या आइरहेको हुन्छ ।’
भोजनबाट स्वास्थ्य निर्धारण हुने बताउँदै डा.पोखरेलले भने, ‘बेलायतमा एउटा उखान प्रचलित छ, फास्ट फुड, फास्ट डेथ । अर्थात् जति धेरै फास्ट फुड र उद्योगबाट तयार भएको खाना खाइन्छ त्यति नै मृत्युको नजिक पुगिन्छ ।’ उनले भने, ‘उद्योगबाट आएका खानेकुरा जतिसक्दो घटाउनु स्वास्थ्य प्रति सचेतना हो । आमाको हातमा मोबाइल र बच्चाको हातमा चाउचाउको पोका हुने संस्कृतिबाट हामी बच्नुपर्दछ ।’
दैनिक ५०० माइक्रो ग्राम अजिनोमोटो प्रयोगले क्यान्सर जस्तो रोग निम्त्याउने बताउँदै डा.पोखरेलले भने, ‘हामीले खाने चीज बल, चाउचाउ, होटेलको खानामा एकदमै बढी अजिनोमोटो प्रयोग गरेको हुन्छ । त्यस कारण यस प्रकारको खानपिन शैलीमा सुधार ल्याउनुपर्दछ ।’
चिनी, नुन जस्ता खाद्य पदार्थहरू सेतो विष भएको बताउँदै डा.पोखरेलले भने, ‘दिनमा बढीमा २ चम्चा चिनी खान मिल्छ । तर त्यो पनि घटाउँदै जानुपर्दछ ।’ उनले अगाडि भने, ‘डब्ल्यु एच ओले समेत कोकमा भएको सेकरिन स्वास्थ्यको दृष्टिले एकदम हानिकारक भएको भन्दै यसलाई बन्द गर्न भन्यो । सेकरिन भन्ने गुलियो, क्यान्सर गराउने प्रमुख कारण हो । चिनीभन्दा पनि खराब हो सेकरिन । त्यस्तै नुनको बढी प्रयोगले नै मुटु रोग, प्रेसर जस्ता रोगहरू बढ्दै गइरहेको अवस्था छ ।’
विश्वमा सबैभन्दा धेरै निद्रा, पेनकिलर र हाइपर एसिडीटीको औषधि बिक्री भइरहेको विभिन्न तथ्याङ्कले देखाएको बताउँदै डा.पोखरेलले, ‘केमोमाइलको चिया, अश्वगन्धाको प्रयोग, सुत्ने बेला मोबाइलको प्रयोग नगर्ने र गर्मीमा बरफले ढाडको माथि स्पर्श गर्दा निद्रा लाग्न सहज हुने’ बताए । उनले भने ‘एउटा मानिसलाई पूर्ण मानिस बनाउन, जीवनलाई योगका साथ जोड्नुपर्दछ ।’
The post योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल appeared first on Gyaan Ghar.
]]>The post विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, माघ २१ । ‘क्यान्सरको चौथो स्टेज भनेर अस्पतालले निष्कर्ष निकाली दिँदा हामी सर्वभाइभरहरु, झनै तनावमा आउने गर्छौ’ विश्व क्यान्सर दिवसको अवसरमा निकासकी उपाध्यक्ष पूजा कुँवरले भनिन्, ‘त्यो अवस्थामा घरपरिवारले पनि अन्तिम अवस्था भयो भनेर उपचारमा हेलचक्राई गरेको अवस्था छ ।’
माघ २१ गतेका दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल क्यान्सर सर्वभाइभर सोसाइटीको आयोजनामा भएको अन्तरक्रियात्मक कार्यक्रममा थुप्रै डक्टर, मनोचिकित्सक, नेपाल सरकारका प्रतिनिधि, सर्वभाइभरहरुको उपस्थिति रहेको थियो । उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? यही प्रश्नमा, सो कार्यक्रम केन्द्रित रहेको थियो ।

सर्वभाइभरहरुको तर्फबाट उपाध्यक्ष पूजा कुँवर भन्दै थिइन, ‘थुप्रै परिवारबाट सर्वभाइभरहरु अपहेलित हुनुपरेको छ ।’ समाजभित्रका यथार्थ घटना सुनाउँदै उनले भनिन्, ‘केमोथेरोपि चलाई रहेको अवस्थामा पनि भान्साको सबै काम गर्नुपर्ने, घरपरिवारले समयमा अस्पताल नपुराई दिने, बिरामी भनेर अपहेलित गर्ने लगायतका थुप्रै दूव्र्यवहारहरु सहँदै अगाडि बढ्नु परको अवस्था छ ।’ उनले अगाडि भनिन्, ‘त्यस कारण पनि सर्वभाइभरहरुका साथै उनीहरूको परिवारलाई पनि काउन्सीलिंगको आवश्यकता छ ।’ औषधि खरिदको समस्यामा भएको विभेद उजागर गर्दै उनले भनिन्, ‘कतिपय त्यस्ता औषधि छन् जुन औषधि भारतमा ६/७ हजारमा पाइन्छ, त्यही औषधि नेपालमा ६०/ ७० हजार पर्दछ । उनले प्रश्न गरिन् ‘हामी सर्वभाइभरहरुको आवाज राज्यले कहिले सुन्छ ?’

अध्यक्षको रूपमा आफ्नो मन्तव्य राख्दै प्रमिता खनालले ‘डाक्टरको उपचारले मात्र क्यान्सर निको नहुने’ बताउँदै भनिन् ‘घरपरिवार, आफन्त, समाज सबैले सर्वभाइभरहरुलाई नैतिक रूपमा पनि सहयोग र समर्थनको आवश्यकता छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.दीपेन्द्र रमन सिंहले उद्घाटन गरेको कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिल विक्रम कार्की, सार्क फेडेरेशन अफ अन्कोलोजिष्टका अध्यक्ष डा. विवेक आचार्य, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पिया, औषधि व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, सिनियर कन्सल्टेन्ट सर्किकल डा. प्रकाशराज न्यौपाने, सिनियर कन्सल्टेन्ट रेडिएसन विशेषज्ञ डा. गिसुपनिख पासिको, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बराल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठ, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.सरोज प्रसाद ओझा, कन्सल्टेन्ट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीको आतिथ्य रहेको थियो ।

cose the care gap नारा रहेको विश्व क्यान्सर दिवसको सो कार्यक्रमको सहजीकरण लायन टिर्जा ढकालले गरेकी थिइन भने स्वागत मन्तव्य निकासकी बोर्ड सदस्य सुस्मीता पोख्रेलले राखेकी थिइन् । कोषाध्यक्ष बिनु के.सी.ले धन्यवाद मन्तव्य राख्दै कार्यक्रमको समापन गरेकी थिइन् ।
स्मरण रहोस्, अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण सङ्घ(uicc)को नेतृत्वमा सन् २००० देखि नै विश्वव्यापी चेतना बढाएर एउटा सकारात्मक आन्दोलनको दिशामा क्यान्सर योद्धाहरूले विश्व क्यान्सर दिवसलाई एउटा भव्य दिनको रूपमा मनाउँदै आएका छन् । सामाजिक, लैङ्कि, जातीय, भौगोलिक, अपाङ्गता लगायतका कारणले क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध यस वर्षको क्यान्सर दिवस लक्षित थियो । यस प्रकारको महत्त्वपूर्ण कार्यक्रममा पहिलो पटक निकासले सम्पूर्ण डक्टर, नेपाल सरकारका प्रतिनिधि र सर्वभाइभरहरुलाई एउटै मञ्चमा ल्याएर महत्त्वपूर्ण विषयमा छलफल गराउनुलाई उपलब्धिमूलक रहेको बुझाई छ ।
The post विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? appeared first on Gyaan Ghar.
]]>The post अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ appeared first on Gyaan Ghar.
]]>





The post अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ appeared first on Gyaan Ghar.
]]>The post फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’ appeared first on Gyaan Ghar.
]]>





The post फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’ appeared first on Gyaan Ghar.
]]>The post आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा appeared first on Gyaan Ghar.
]]>




The post आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा appeared first on Gyaan Ghar.
]]>The post अलबिदा नेता मेघराज आचार्य ! appeared first on Gyaan Ghar.
]]>




The post अलबिदा नेता मेघराज आचार्य ! appeared first on Gyaan Ghar.
]]>The post आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है ! appeared first on Gyaan Ghar.
]]>
The post आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है ! appeared first on Gyaan Ghar.
]]>The post डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’ appeared first on Gyaan Ghar.
]]>




(नेपाल क्यान्सर अस्पतालका ब्रेष्ट अन्को सर्जन डा.प्रफुल्ल शाक्यसँगको कुराकानीको आधारमा)
–समीर सिंह
The post डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’ appeared first on Gyaan Ghar.
]]>