16
Jul
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार' २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो। कुलपति भूपाल राईले 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार' जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार' डोट्याली भाषाको साहित्यिक पत्रिका 'गुगुल्डी' मासिकका सम्पादक वीरबहादुर चन्दलाई अर्पण गर्नुभयो। उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार )रुपैयाँ र ताम्रपत्र रहेको छ। यस क्रममा कुलपति राईले लोकतान्त्रिक गणतन्त्रको मूल मर्म समावेशीकरण भएकाले…