06
Jul
काठमाडौँ । कविताको लघुतम रूपमध्ये टुक्का कविता पनि एक हो ।२०७७ साल साउन २५ गते कवि ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो।यस सिद्धान्तलाई आत्मसात् गर्दै टुक्का सर्जक भेटघाट तथा टुक्काकार अमृता रसाइली ‘रामदाम’ द्वारा रचित टुक्का कविता सङ्ग्रह ‘काव्य कलश’ लोकार्पण कार्यक्रमको आयोजना भयो। प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी लगायतले 'काव्य कलश'को संयुक्त रूपमा अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा हलमा लोकार्पण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले जीवनको प्रयोगमा साहित्य रहेको उल्लेख गर्दै परम्परागत शैलीमा मात्र सीमित रहेर लेखिनाले साहित्यको प्रभाव क्षमता क्षीण हुन सक्छ। यसैले प्रयोगात्मक साहित्यिक प्रवृत्तिहरूको…