Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
June 2025 - Page 2 of 2 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: June 2025

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दूध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेको छ  ।   गाई र भैँसीको दूध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईबस्तु बाँझो हुने, दूध दही नदिने अन्धविश्वास अझै कायमै रहेको हो । छायाँनाथ रारा नगरपालिका-६ की मुनरुपा बोहराका अनुसार महिनावारी भएका  महिलालाई गाई, भैँसीको दूध दही दियो भने ती जनावर कहिल्यै नब्याउने भन्ने र फलफूलका  बिरुवालाई पनि छोए पछि सुक्ने फल नदिने भन्ने भ्रम रहेको छ । पुस्तौँ देखि प्रचलनमा रहेको यो अन्धविश्वास वर्तमान अवस्थामा पनि जीवितै छ…
Read More
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।   यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बिचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन् ।   टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो वैवाहिक कार्यक्रम रोकिएको छ ।  …
Read More
कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण

कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण

काठमाडौँ।२०८२ असार १ गते । ओखलढुङ्गाका कवयित्री रेणुका श्रेष्ठद्वारा रचित 'भावनाका लहरहरू' बाल कविता सङ्ग्रहको लोकार्पण प्रमुख अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले गर्नुभएको छ । प्राज्ञ धमलाले 'भावनाका लहरहरू'मा समाज भनेको विविधताको सौन्दर्य हो ।कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गर्नुभयो। कृति समाजका साहित्यिक ,सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको कुरा ललितपुरको इमाडोलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि धमलाले बताएका हुन् ।उनले 'भावनाका लहरहरू' बाल कविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी ,सरल र सटीक रहेको बताए। कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए । कार्यक्रममा अतिथि स्रष्टाहरू…
Read More
सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई

सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई

मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरूको कमी छैन तर केही अपवाद पनि छन्।   सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। सङ्खुवासभाको खाँदवारिमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्।   सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजिब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय र…
Read More
आज देशै भरी वर्षा हुन सक्ने

आज देशै भरी वर्षा हुन सक्ने

काठमाडौँ, १ असार । हाल कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।   दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको…
Read More
अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।   पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भीर रूपमा दुवै घाइते छन् । दुवैको शल्यक्रिया भइसकेको छ र उनीहरू बाँच्ने आशामा डाक्टरहरू छन् ।   मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा प्रेरित भएको देखिन्छ। मेलिसा एक अद्भुत सार्वजनिक सेवक थिइन्, अब उनको ठाउँ कसैले लिन सक्दैन।’   आक्रमणकारी अझै फरार रहेको प्रहरीले…
Read More
राति १२ बजेबाट बङ्गलादेशमा बिधुत निर्यात सुरु, १ अर्ब २९ करोड आम्दानी हुने

राति १२ बजेबाट बङ्गलादेशमा बिधुत निर्यात सुरु, १ अर्ब २९ करोड आम्दानी हुने

काठमाडौँ, १ असार - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात सुरु गरेको छ ।   गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।     गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो…
Read More
युद्धमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त

युद्धमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त

काठमाडौँ, १ असार । इजरायल र इरानबिच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो ।   इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ ।   इजरायलले शुक्रवार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकि सो घटनामा परी ३५० भन्दा बढी घाइते भएको जनाइएको छ । यसअघि इरानमा शुक्रवार बिहान ५ः३० बजे भएको आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो । जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी सैन्य कमान्डरहरू पनि सामेल थिए।   जवाफमा इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार…
Read More