04
Mar
काठमाडौँ । चिठी साहित्यमाथि केन्द्रित हुँदै तयार पारिएको कृति आमालाई चिठीको परिचर्चा कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । साहित्यकार केशव नेपालको सो कृतिमाथिको परिचर्चा कार्यक्रम, नयाँ बजारस्थित ज्ञानशाला अनुसन्धान कार्यक्रमले आयोजना गरेको थियो । क्रान्तिप्रतिको निष्ठा र आशावादले भरिपूर्ण कृति, आमालाई चिठी लेखक नेपालको २२औँ कृति हो । क्रान्तिकारी सोच, विचार र भावना भएकी पात्र मुनाको चुनौतीपूर्ण यात्रालाई केन्द्रमा राखेर कृतिलाई कलात्मक रूप दिने प्रयास गरिएको, परिचर्चा कार्यक्रममा लेखक नेपालले बताउनु भएको थियो । पद, प्रतिष्ठा र पैसाको लालच देखाएर कृतिको प्रमुख पात्र मुनालाई आत्मसमर्पण गर्न खोजिन्छ तर उनी आफ्नो क्रान्तिकारी आदर्शका साथ निरन्तर रूपमा लडिरहन्छिन् । परिचर्चा…