19
Jan
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा सङ्गठित अपराध सम्बन्धी पूरक मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो। यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो। त्यति बेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पूरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने…