18
Nov
पटना, ३ मङ्सिर । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ । एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैँसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ । तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसींको चमक घटेको राजाका मालिक बताउँछन् । जानकारीका अनुसार यो भैँसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ । बिहारको सोनपुर मेलामा ल्याइएको भैँसीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन मुर्रा जातको हो । बिहारको सोनपुर मेलामा बिक्री गर्न बनारसबाट ल्याइएको हो । यस भैँसीको विशेष कुरा…