27
Jul
रवि पौडेल १) खान त लेखेकै रहेछ तिमिले मेटेर खायौ गाउँ गाउँ पुगी जनतासँग भेटेर खायौ जनताले खा भनेर दिएपछि के गर्ने ! हो पुर्खाको माटो ठाउँ ठाउँ मा चेतेर खायौ ।। २) कस्तो जमाना आयो पहाडको टाकुरीमा भ्यु - टावर बन्छ हत्केलामा प्राण राखेर कर्णालीमा तुइन तर्छन जनता - उ विकास भन्छ उल्टो बुद्धि भएका नेता एउटा राम्रो हस्पिटल अनि स्कुल छैन गाउँमा ! बारिका पाटा ,खर वारिका घाँस मासेर गाउँमा जथाभाबी डोजर खन्छ ।। ३) कम्पनी फ्याक्ट्री बन्द गराएर युवा खाडी पठाउँछ पासपोर्ट थमाएर रोजगार दियौँ भनी गर्व बताउँछ यहाँ यस्तै चोर दलाल ठगहरूले ठाउँ पाउँदा रहेछन् अचम्म…