Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
July 15, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: July 15, 2024

ओली सरकारको पहिलो मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो ?

ओली सरकारको पहिलो मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो ?

काठमाडौँ । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । बैठकले बाढी पहिरोमा मृतकका परिवारलाई राहत प्रदान गर्ने, २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने, ३०० दिन भित्र कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लडलाइट र प्याराफिट निर्माण गर्ने, जाजरकोट केन्द्र भएर गएको भूकम्पका प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने, विपदमा बेपत्ता भएका र १० दिनभित्र नभेटिएकाहरूलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिएका छन्…
Read More
आयल निगमले बढायो इन्धनको मूल्य

आयल निगमले बढायो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टितेल प्रतिलिटर १६० भएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मूल्य बढाउनु परेको जानकारी दिएको छ ।
Read More
काँग्रेसबाट को को बन्दै छन् मन्त्री ?

काँग्रेसबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौँ । नेपाली काङ्ग्रेसबाट मन्त्री हुनेको नाम टुङ्गिएको छ । काँग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ । त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्र मन्त्री हुने निश्चित भएको छ । त्यसै गरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दीपक खड्का ऊर्जा मन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ । सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसङ्ख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ । जसमा तेजुलाल चौधरीको पनि नाम टुङ्गो लागेको छ भने अन्य…
Read More
अमेरिकामा कुन कुन राष्ट्रपति वा पूर्व राष्ट्रपतिमाथि गोली प्रहार भयो ?

अमेरिकामा कुन कुन राष्ट्रपति वा पूर्व राष्ट्रपतिमाथि गोली प्रहार भयो ?

काठमाडौँ । जुलाई १३,  पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकाको बटलर सहर । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीलाई सम्बोधन गर्दै थिए । गोली लाग्दा उनले १५ मिनेट मात्रै बोलेका थिए । केही समयपछि ट्रम्पले जारी गरेको विज्ञप्तिमा गोली उनको कानमा लागेको र उनी खतरामुक्त रहेको बताए । ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति वा पूर्व राष्ट्रपति होइनन् जसलाई हत्याको प्रयास गरिएको छ । अमेरिकाको राजनीतिक इतिहासमा धेरै नामहरू छन् जसको या त हत्या भएको छ वा हत्या गर्ने प्रयास गरिएको छ । यस रिपोर्टमा यस बारेमा चर्चा गरिएको छ । अब्राहम लिङ्कन १४ अप्रिल, १८६५ मा, अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिङ्कन वाशिंगटनको फोर्डको…
Read More
एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वी सुब्बा सञ्चार मन्त्री बन्दै

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वी सुब्बा सञ्चार मन्त्री बन्दै

काठमाडौँ । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुङ्गिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरूको नाम टुङ्गाएको हो । जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वी सुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योग मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
Read More