10
Jun
– मोहनविक्रम सिंह हालै केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबाट हामीले उनको जुन आलोचना गरेका थियौँ, त्यो सही साबित भएको छ । उनले भनेका छन् ः मैले एमालेलाई बचाउन नै संसद्को विघटन गरेको थिएँ । उनले एमालेलाई बचाउनको लागि नै संसद्को विघटन गरेको भने पनि सांसदलाई विघटन गर्नुका पछाडिको वास्तविक उद्देश्य आÇनो प्रधानमन्त्री पद बचाउनु नै थियो । प्रथमपल्ट, त्यो बेलाको नेकपाका सांसदहरूले उनका विरुद्ध अविश्वासको प्रस्ताव राख्ने तयारी गरेपछि उनले दगुरेर गएर राष्ट्रपतिद्वारा सांसदलाई विघटन गर्न लगाएका थिए । दोस्रोपल्ट संसद्का बहुमत सदस्यहरूले राष्ट्रपतिलाई उनका विरुद्ध अविश्वासको आवेदन दिएपछि त्यसलाई रोक्न लगाएर राष्ट्रपतिद्वारा आफूलाई प्रधानमन्त्री घोषित गर्न लगाएका थिए र…