03
Jun
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद्मा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै केसीले संसद्मा जति बहस र छलफल गरे पनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य नभएको टिप्पणी गरेका हुन् । उनले बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको बताए । उनले भने- 'अर्थमन्त्रीज्युले पेस गर्नुभएको बजेट एक सुका एक आना यहाँ जति उफ्रे पनि तलमाथि गर्न नपाइने, जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि यस्तो छलफलको पनि त्यति औचित्य लड्न छोड्यो । म छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु । रमाइलो छैन संसद्, दिक्क लाग्दो छ ।'…