Gyaan Ghar

Advertisement

Day: May 15, 2024

पेट्रोलको मूल्य लिटरमै सात रुपैयाँ घट्यो

पेट्रोलको मूल्य लिटरमै सात रुपैयाँ घट्यो

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ। हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ। डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ।
Read More
घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेस गरेका छन् । उनले आफ्नो प्रस्तावमा सङ्गठनमा देखिएका मुख्य समस्यालाई विभिन्न १२ बुँदामा पार्टीको वर्तमान चुनौती पेस गरेका छन् । सङ्गठनात्मक प्रस्तावमा उनले एकीकृत समाजवादीको उद्देश्य आजको पुँजीवादी समाजको ठाउँमा समाजवादी समाजको स्थापना गर्नु रहेको उल्लेख गरेका छन् । उनले पुँजीवादलाई आजका समस्त सामाजिक समस्याहरूको जरोका रूपमा चित्रण गरेका छन् । चुनौतीहरु: १- एकै समयमा देशै भरी कमिटीहरू बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर विद्रोहको समयको सक्रियता…
Read More
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।
Read More
सन्दीपको मुद्दाको आज पनि पेसी

सन्दीपको मुद्दाको आज पनि पेसी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाइ आज हुँदै छ । मङ्गलवार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइ वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । यस मुद्दाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्दाको फैसला पनि आजै आउन सक्ने बताइएको छ ।  
Read More
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गए राती सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो । विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।  नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह  ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए । यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।  विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६…
Read More