21
Apr
काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण नगरेका राजनीतिक दलहरूलाई स्पष्टीकरण माग गरेको छ । आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधि भित्र पेस गर्ने ८२ राजनीतिक दलमध्ये लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २० राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरिक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एक राजनीतिक दल गरी २१ राजनीतिक दललाई सात दिन भित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जनाएको छ । लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूमा आम आदमी पार्टी, नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक,…