19
Apr
काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्व मन्त्री गोकुलप्रसाद बास्कोटाले एकीकृत समाजवादीप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले सबैतिर गठबन्धन गरेपनी राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु भन्दै षडयन्त्रको पोको बोकेर हिँडेका नेताका स्वार्थ सिद्ध गर्न मै राज्यको समय खर्चनु परेको टिप्पणी गरेका हुन् । उनले भनेका छन्- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भनेर अरूलाई पाठ पढाउने तर आफै भने माखाको जस्तो पित्त भएका र छातीभरि विषै विषले भरिएको षडयन्त्रको पोको बोकेर हिँडेका नेताका स्वार्थ सिद्ध गर्न मै राज्यको समय खर्चनु पर्ने रहेछ ।