Gyaan Ghar

Advertisement

Day: April 18, 2024

फेला पर्‍यो अर्को विशाल ब्ल्याक होल, ‘सिल्पिङ ब्ल्याक हाेल’ कस्तो छ त ? 

फेला पर्‍यो अर्को विशाल ब्ल्याक होल, ‘सिल्पिङ ब्ल्याक हाेल’ कस्तो छ त ? 

न्युयोर्क, ६ वैशाख । खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन् । खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए पछि आकाश गङ्गा ग्यालेक्सीमा सबैभन्दा ठुलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन । ‘जिएआइए बिएच ३ नामक  ‘स्लीपिङ जायन्ट’ हाम्रो सूर्यको भन्दा लगभग ३३ गुणा बढी द्रव्यमान छ र यो अक्विला तारा मण्डलमा १,९२६ प्रकाश वर्ष टाढा अवस्थित छ, जसले यसलाई पृथ्वीको दोस्रो सबैभन्दा नजिकको ब्ल्याक होलको रूपमा लिन सकिन्छ,’ वैज्ञानिकहरूले भनेका छन् । सबैभन्दा नजिकको ब्ल्याक होल जिएआइए बिएच ३ हो, जुन लगभग १५०० प्रकाश वर्ष टाढा अवस्थित छ…
Read More
सर्वोच्चको आदेश विपरीत किन जाँदै छ गण्डकीमा एमाले ?

सर्वोच्चको आदेश विपरीत किन जाँदै छ गण्डकीमा एमाले ?

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको आदेश विपरीत विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख ७ गतेका लागि प्रदेश सभाको आह्वान गरेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् । सोही प्रयोजनका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका छन् । गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने क्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ । उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम…
Read More
इजरायल र इरानबिच कसको सेना बलियो छ ?

इजरायल र इरानबिच कसको सेना बलियो छ ?

काठमाडौँ, ६ वैशाख । सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबिच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए । यसपछि गत शनिवार इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । इजरायलले यो कार्यको कडा प्रतिक्रियाको चेतावनी दिएको छ । यही तनावका बिच विश्वका देशहरू पक्ष विपक्षमा विभाजित हुन थालेका छन् । बेलायतले इजरायललाई हतियार निर्यात जारी राख्ने बताएको छ । यो बढ्दो तनावको बिचमा दुवै देशले आफ्नो सैन्य क्षमता पनि प्रदर्शन गरिरहेका छन् ।  इरान र इजरायलबिच कसको सेना बलियो छ ? ग्लोबल फायर पावर अर्गनाइजेसनले उनीहरूको हालको उपलब्ध फायर पावरको आधारमा…
Read More
कोसीमा राजनीतिक अन्यौलता बढ्दै

कोसीमा राजनीतिक अन्यौलता बढ्दै

विराटनगर । कोसी प्रदेशमा राजनीतिक अन्यौलता बढिरहेको छ । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक अन्योलताले निकास पाउने अहिलेसम्म देखिएको छैन । मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने दाबी गर्दै आफूलाई हटाउने प्रावधान संविधानमै नभएको दाबी गर्दै आएका छन् । त्यस्तै अर्कोतर्फ एमाले र माओवादी केन्द्रले भने समर्थन फिर्ता लिएपछि सरकार स्वतः अल्पमतमा पर्ने र प्रदेश सभामा विश्वासको मत लिनै पर्ने बताउँदै आएका छन्  । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेकाले पुनः विश्वासको मत लिन नपर्ने दाबी गर्दै आएका छन् ।…
Read More