11
Mar
काठमाडौँ । पारस खड्का नेतृत्वको २०१४ विश्वकप लिजेन्ड्सले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी 'एक्स्ट्राटेक लिजेन्ड कप' को उपाधि जितेको छ । फाइनल खेलमा २०१४ विश्वकप लिजेन्ड्सले रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो । २०१४ विश्वकप लिजेन्ड्सले दिएको १०२ रनको लक्ष्य पछाएको रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्र बनाएपछि २०१४ विश्वकप लिजेन्ड्सले १७ रनले खेल जितेको हो । यस अघि पहिला ब्याटिङ गर्दै २०१४ विश्वकप लिजेन्ड्स टिमले १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । २०१४ विश्वकप लिजेन्ड्सका लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिङ…