01
Mar
काठमाडौँ, १८ फागुन । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालीन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले आज काठमाडौँमा प्रदर्शन गरेको छ। संसद् भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरूलाई पक्राउ समेत गरेको नेवि सङ्घका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए। उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाँल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ। शालीनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले…