29
Feb
काठमाडौँ । महिला फुटबलर सावित्रा भण्डारी 'साम्बा' ले फाइनल खेल्न नपाए पनि आफू टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन् । साम्बा हाल फ्रान्सको महिला लिग क्लब इए गुइनगाम्पबाट खेलिरहेका छन् । क्लबले फिफा विन्डो अवधि भर उनलाई राष्ट्रिय टिममा खेल्ने अनुमति दिएको र सो अवधि फेब्रुअरी १९ देखि २८ सम्म रहेकाले फाइनल खेल्न नपाएकी हुन् । साम्बा फाइनल अघि राष्ट्रिय टिम छोडेर फ्रान्सतर्फ लागेकी…
29
Feb
काठमाडौँ, १७ फागुन । सङ्घीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए। फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।
29
Feb
काठमाडौँ, १७ फागुन । महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलङ्का पुर्याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन्। प्रहरीले उनलाई दुई दिनअघि काठमाडौँ नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। उनीसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलङ्का पुर्याएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी ओम रानाले बताए। रानाका अनुसार मियाँसहितका व्यक्तिले श्रीलङ्काको कोलम्बो पुर्याएर ती महिलालाई बन्धक बनाएका थिए। नेपाल प्रहरी तथा सङ्घ-संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइएकी थिइन्। नेपाल फर्किएपछि उनले मियाँविरुद्ध जाहेरी दिइन्। उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी…
29
Feb
काठमाडौँ, १७ फागुन । नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दै छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुँदै छ । नेपालले मङ्गलवार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । तुलनात्मक रूपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा…