25
Feb
काठमाडौँ, १३ फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग मङ्गलवारदेखि हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । हालै एक दिवसीय टिममा कम ब्याक गरेका अनिल शाहले टी-२० टिममा पनि कम ब्याक गरेका छन् । त्यस्तै नेपाल ए टिमका कप्तान विनोद भण्डारी, नेपाल ए टिममा रहेका रसिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ । नेपाली टीम: रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक…