22
Feb
काठमाडौँ, १० फागुन । मिटर ब्याजमा लिएको ऋणको कारण विराटनगर-१८ ‘दमादिगी’ का ४८ वर्षीय दिलीप अमात अहिले घरबारविहीन हुने अवस्थामा पुगेका छन्। ‘दमादिगी’ गाउँमा मिटर ब्याज धन्दाको जालो भयावह बनेको हो। दिलीपले विराटनगर-१८ का सुनिल साहसँग चार वर्ष अगाडि १० कट्ठा जग्गा कपली तमसुक बनाएर ६ लाख रुपैयाँ ऋण लिएका थिए। उनले दुई रुपैयाँ ब्याजले साहसँग ऋण लिए। चार वर्षको अवधिमा उनले ३ लाख रुपैयाँ साहलाई बुझाइसके। उता सुनिलले पैसा ढिलो दिएको भन्दै एक वर्ष अगाडि दिलीपको १० कट्ठा खेतीयोग्य जमिन नै बेचिदिए। साहले जग्गा बिक्री गरेको एक वर्षपछि मात्रै दिलीपले पत्तो पाए। आफ्नो खेतमा जाँदा स्थानीय सञ्जय आमतले ‘सुनिसँग मैले…