15
Feb
काठमाडौँ, ४ फागुन । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश त्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो। 'मोहीको भूमिकामा रहेका प्रतिवादीहरूको बयान समेतबाट अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरी सट्टा भर्नाको जग्गा प्रतिवादीहरू मीनबहादुर गुरुङ, राम कुमार सुवेदी र शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा रजिस्ट्रेसन गरेको देखिएको अवस्था हुँदा सट्टाभर्नाको कार्यबाट गैर कानुनी लाभ लिने प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को…