11
Feb
काठमाडौँ, २८ माघ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बिच सार्वजनिक गरिएको छ । पुस्तकमा महासङ्घ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार सङ्घ (फोनिज)ले विरोध गरेको छ । नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजले विरोध गरे पनि पुस्तक भने सार्वजनिक गरिएको छ । सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति जनाउँदै विरोध गरेको छ ।
11
Feb
काठमाडौँ, २८ माघ । नेपालले भुटानलाई पराजित गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको हो । लगातार दोस्रो जित हासिल गर्दै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।
11
Feb
विशाल बस्नेत/ न्युज कारखाना महोत्तरी, २८ माघ । प्रगतिशील लेखक सङ्घ मधेस प्रदेशको अधिवेशनमा वामपन्थी लेखकहरूले बाम धुर्विकरणको सुरुवात गरेका छन् । वामपन्थी विचारकहरू छिन्नभिन्न भइरहेको अवस्थामा मदेसबाट एकीकृत भएका वामपन्थी लेखकहरूको यो अधिवेशनले कम्युनिष्टहरुलाई जोडन महत्त्वपूर्ण कोशेढुंगा साबित हुने विश्वास गरिएको छ । लेखक सङ्घ मधेस प्रदेशका अध्यक्ष वालमुकुन्द कार्कीको अध्यक्षतामा भएको खुल्ला सत्रमा सहभागी वक्ताहरूले परिवर्तनको लागी कम्युनिस्ट धुर्विकरणको विकल्प नभएको बताए । कम्युनिस्ट घटकहरूलाई एक ठाउँमा जोडने उद्देश्यले नै प्राज्ञिक प्रगतिशील लेखकहरू एक ठाउँमा जोडिएको बताउँदै केन्द्रीय उपसचिव डा. देवी दुलालले यसको सुरुवात देशव्यापी भइरहेको जानकारी दिए । यस क्रममा उक्त अधिवेशनले विभिन्न पाटीमा सग्लन वामपन्थी विचारकहरूको प्रतिनिधित्व हुने…
11
Feb
काठमाडौँ, २७ माघ । कतारले लगातार दोस्रो पटक एसियन कपको उपाधि जितेको छ। शनिवार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एसियन कपको उपाधि जितेको हो। कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसै गरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए। यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो। कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ। यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६०…