06
Feb
काठमाडौँ, २३ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको छनौट गरेको छ । क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिमको मङ्गलवार घोषणा गरेको हो । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पूजा महतो, सङ्गीता राई, अप्सरा बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् । त्यसै गरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा…