05
Feb
काठमाडौँ, २२ माघ । सुनधारास्थित धरहरामा पार्किङ गराउने महानगरको प्रयासमा अवरोध भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभईकन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सो पार्किङ भाडामा लगाउने प्रयास भएको तर आफूले नदिने जनाएका छन् । केही दिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ ‘उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलिले…