Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 6, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: January 6, 2024

माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ

माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ

काठमाडौँ, २१ पुस । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर र सिंहदरबार वृत्तबाट खटिएको टोलीले माइतीघरबाट पक्राउ गरेको हो। डा. केसीसहितको टोलीले स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच, सशस्त्र द्वन्द्वपीडितलाई न्याय, निःशुल्क औषधी उपचारको व्यवस्था, माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नपाइनेलगायत माग राखेका थिए। यसअघि मङ्सिर ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरलाई निषेधित क्षेत्र तोकेकोमा उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नहुने सहितका विभिन्न माग राख्दै डा. केसीको समूह प्रदर्शनमा उत्रिएको थियो।
Read More
अवसर बचत सहकारीको चौधौँ साधारणसभा सम्पन्न

अवसर बचत सहकारीको चौधौँ साधारणसभा सम्पन्न

काठमाडौँ । अवसर तथा ऋण सहकारीको चौधौँ साधारणसभा सम्पन्न भएको छ । अखिल नेपाल कानुनी व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाको प्रमुख आतिथ्यमा २०८० पुस २१ गते शनिबारका दिन च्छोरोल्पा पार्टीप्यालेसमा सो कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा सञ्चालक समितिका लक्ष्मण बोगटी, तुल्सीनारायण श्रेष्ठ, चपला ढकाल र सुधा शर्मा, संस्थाका सल्लाहकारहरू आनन्द शर्मा, विष्णुहरि देवकोटा, राजेन्द्रप्रसाद ढकाल, जगत् श्रेष्ठ र डा. चूडा ढकाल, कानुनी सल्लाहकार अधिवक्ता लक्ष्मणदेव पाण्डे, प्राज्ञ डा कौशिला रिसाल, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, पत्रकार केशव विष्टलगायतको आतिथ्य रहेको थियो । सभामा अध्यक्ष…
Read More
सरकारले सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने

सरकारले सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने

  काठमाडौँ, २१ पुस । सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्दै मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ। हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा सत्य तथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको मन्त्रालयले जनाएको छ। यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ। नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा भएको झडपमा…
Read More
राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

काठमाडौँ, २१ पुस । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका पाँच सिट र अध्यक्ष मागेको छ। गठबन्धनको आजको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सिटमा भाग मागेको हो। नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ। गठबन्धनभित्र राष्ट्रिय सभाका २० सिटमध्ये काँग्रेस १३ र माओवादी केन्द्रले ७ सिटमा दाबी गरेको छ।
Read More