Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
January 3, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: January 3, 2024

रुविना बनिन् सर्वोत्कृष्ट खेलाडी

रुविना बनिन् सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ, १८ पुस । बिहीबार सम्पन्न प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत रहेकी रुबिनाले फाइनलमा एपीएफ विरुद्ध ६२ रनको पारी खेले पनि आफ्नो टिमलाई जिताउन भने असफल भएकी थिइन् ।   सर्वोत्कृष्ट खेलाडी घोषित भएकी रुबिनाले स्कुटर पुरस्कार प्राप्त गरेकी छन् । रुबिनाले प्रतियोगितामा सर्वाधिक ३४५ रन बनाएकी थिइन् ११ विकेट समेत लिएकी थिइन् ।   यसै गरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनीलाई उदीयमान खेलाडी घोषणा गरिएको छ र उनलाई ५० हजार बराबरको क्रिकेट सामग्री पुरस्कार दिइएको छ । उनले प्रतियोगितामा ९१ रन…
Read More
जापानमा विमान जल्दा पाँच जनाको मृत्यु

जापानमा विमान जल्दा पाँच जनाको मृत्यु

टोकियो, १८ पुस । टोकियोको हानेदा विमानस्थलमा यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । कोस्टगार्डको उक्त विमान सोमबारको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने कार्यमा संलग्न रहेको थियो । अचानक जलेको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ । सामाजिक सञ्जालमा देखा परेको उक्त दुर्घटनाको फुटेजहरूमा सो विमानमा एयरबस ए ३५० मा रहेका यात्रुहरू भागिरहेको र तर्सिरहेको देखिएका थिए ।   उत्तरी जापानको होक्काइडोबाट उडेको जापान एयरलाइन्सको उक्त विमानमा आगलागी भए पछि भूकम्पको त्रासमा रहेको जापानलाई थप दुःखद समाचार बन्न पुगेको थियो ।
Read More
अनुगमनको क्रममा मनोमानी देखिए पछि रातु नदी उत्खनन रोकियो

अनुगमनको क्रममा मनोमानी देखिए पछि रातु नदी उत्खनन रोकियो

विशाल बस्नेत महोत्तरी, १८ पुस । जिल्ला स्तरीय अनुगमनपछि रातु नदीमा भएको उत्खनन रोकिएको छ । अनुगमनका क्रममा भइरहेको उत्खनन प्रक्रियागत ढङ्गले नभएको भन्दै तत्काललाई उत्खनन रोकिएको अनुगमन समितिले जनाएको छ ।   मिडियाबाट उत्खनन मापदण्ड विपरीत भएको समाचार सम्प्रेषण भएपछि सोमवार जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको नेतृत्वमा स्थलगत निरीक्षण भएको थियो । निरीक्षणका क्रममा कयौँ मापदण्ड विपरीत देखिएको संयोजकले कर्णले बताए । प्रक्रियागत ढङ्गबाट नगरपालिका र ठेकेदार कम्पनीले उत्खनन गर्ने प्रतिबद्धता नजनाए सम्म उत्खनन रोक्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । 'आज पनि रातु नदीको चारै खण्डमा गएर अनुगमन गरियो, उत्खनन रोकिएको नै छ,' संयोजक कर्णले भने, 'मापदण्ड विपरीत भएका…
Read More
जापानको भूकम्पमा परी मर्नेको सङ्ख्या ४८ पुग्यो

जापानको भूकम्पमा परी मर्नेको सङ्ख्या ४८ पुग्यो

टोकियो, १८ पुस । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ । इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।   इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन्, घाइतेहरूको सुची सङ्कलन भइरहेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।   आपतकालिन विभागका अधिकारीहरूले वाजीमा सहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्। उनीहरूका अनुसार १४ वटा संरचनामा मानिसहरू फसेको हुनसक्छ । उनीहरूको उद्धारका लागि आपतकालिन विभागले प्रयास गरिरहेको छ ।
Read More