10
Dec
काठमाडौँ, मङ्सिर २३ । रक्तदान जीवनदान, रक्तदान महादान भन्ने मूल नाराका साथ राजधानीको नयाँबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र र ‘हलिं नेवाः दबू, नेपाः देय् मूकवः’ मुख्य आयोजक रहेको खुल्ला रक्तदान कार्यक्रम, मङ्सिर २३ गतेका दिन नयाँबजार, खुसिबुँस्थित ज्ञानशालाको कार्यालय उत्तमचोकमा सम्पन्न भएको हो । ४३ जना स्थानीय व्यक्तित्वहरू, विद्यार्थी एवं शिक्षकबाट रक्तदान भएको कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं.७का सांसद गणेश पराजुली थिए । ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको स्वागत तथा सहजीकरण उत्तम कुमार श्रेष्ठले गरेका थिए । प्रमुख अतिथि गणेश पराजुलीले आफूसँग पनि रक्तदानको अनुभव भएको र यस्तो कार्यले…