21
Oct
काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका पुराना, इमानदार तथा जनप्रेमी नेता मेघराज आचार्यको कार्तिक ४ गतेका दिन बिहान १ बजेर ४० मिनेटमा निधन भएको छ । मुटु , पायल्स र प्रोस्टेट रोगबाट पीडित उनी लामो समयदेखिदेखि टीचिग अस्पतालमा भर्ना भएका थिए । नेकपा(माओवादी केन्द्र) का नेता जनार्दन शर्माले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर नेता आचार्यप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । नेता आचार्यलाई सूचना तथा प्रसारण मन्त्री रेखा शर्मा लगायत अग्रज व्यक्तित्व तथा परिवारजनबाट श्रद्धाञ्जली व्यक्त गरिएको थियो । श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्यले दिवङ्गत नेता आचार्यको मृत्यु पहाड भन्दा पनि गर्हुंगो भएको बताए…