05
Oct
आश्विन १८, काठमाडौँ । अक्टोबर महिनालाई अन्तर्राष्ट्रिय स्तरमा नै स्तन क्यान्सर सम्बन्धी जनचेतनालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरूका साथ सम्पन्न गर्ने गरिन्छ । सोही विषयमाथि लक्षित हुँदै असोज १९ गते, नेपाल क्यान्सर सरभाईबरस सोसाइटी तथा करुणा सिटी क्लिनिकद्वारा प्राइम कलेज, नयाँबजारमा क्यान्सर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने निकासकी सचिव प्रमिला के.सी.ले बताइन् । सिनीयर अन्को गाइनो सर्जन डा.अनु शाक्य र ब्रेष्ट अन्को सर्जन डा.प्रफुल्ल शाक्यले सहजीकरण गर्ने सो जनचेतना कार्यक्रममा विशेष गरेर कलेज पढ्ने विद्यार्थीहरूलाई लक्षित गरिने निकासकी अध्यक्ष प्रमिता खनालले बताइन, - ‘विशेष गरेर शिक्षित कलेज विद्यार्थीलाई स्तन क्यान्सरको बारेमा चेतना फैलाउन सकियो भने परिवार र समाजमा सन्देश पुर्याउन सहज हुनेछ ।’ संस्थाकी अध्यक्ष खनालले नेपाल क्यान्सर सवाईभरस सोसाइटीले अक्टोबर महिनाभरि विभिन्न…