Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 77 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

यस वर्ष १० वटा विमान किन्छौँ : मन्त्री किराँती

यस वर्ष १० वटा विमान किन्छौँ : मन्त्री किराँती

  काठमाडौँ, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यस वर्ष १०वटा विमान खरिद गर्ने बताएका छन् । आइतबार नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापन पत्र बुझ्दै उनले  चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् । नेपाल वायुसेवा निगमको विमान थपेर भाडदारमा देखिएको विसङ्गति हटाउन पनि विमान थप्नुपर्ने भएकाले खरिद गर्न लागेको उनको भनाइ छ । दसैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।
Read More
गोठमा आगलागी हुँदा बागलुङमा एक जनाको मृत्यु

गोठमा आगलागी हुँदा बागलुङमा एक जनाको मृत्यु

काठमाडौँ, २७ असोज । बागलुङको गलकोट नगरपालिका-४ नुवाकोटको गोठमा आगलागी हुँदा राम बहादुर मल्ल ज्यान गएको छ। गए राति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागी भएको ठाउँमा पछि हेर्दा गोठ धनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। आगलागी हुँदा गोठ क्षति हुनुका साथै झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
Read More
कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

विराटनगर, २७ असोज । कोसीमा नेपाली काँग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि काँग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ । नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोसी काँग्रेसका संसदीय दलका नेताले राजीनामा दिएका छन् । नेपाली काँग्रेस कोसी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुवै पटक बर्खास्त गरेको थियो । सत्ता गठबन्धनको निर्णय विपरीत आफ्नै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ । प्रदेश सरकार निर्माणको…
Read More
कोसीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सो अघि सांसदको सनाखत हुने

कोसीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सो अघि सांसदको सनाखत हुने

काठमाडौँ, २७ असोज । कोसी प्रदेशको मुख्यमन्त्रीको आज टुङ्गो लाग्दै छ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? त्यसको आज छिनोफानो हुदैँछ । हिजो साँझ ५ बजेसम्म दुई जनाको दावे दारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ बजे देखी दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ति गर्ने उनको सचिवालयले जनाएको छ । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका…
Read More
कोसी सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

कोसी सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

् काठमाडौँ, २६ असोज । कोसी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ । शुक्रवार बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोसी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेतलगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको थियो । सो बैठक पछि कोसी सरकार निर्माणका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाहिँ भने कोसी सरकारका बारेमा तटस्थ बस्ने निर्णय…
Read More
कोसी काँग्रेसमा किचलो बढ्यो, शेखर समूहलाई कारबाही गर्न बैठक बोलाइयो

कोसी काँग्रेसमा किचलो बढ्यो, शेखर समूहलाई कारबाही गर्न बैठक बोलाइयो

काठमाडौैं, २६ असोज । कोसी प्रदेशमा नेपाली काँग्रेस भित्र किचलो थप बढेको छ । कोसी सरकार निमार्णको सवालमा नेपाली काँग्रेसको एउटा समूहले विद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन् । कोसी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरे पछि काँग्रेसमा किचलो देखिएको हो । कार्की समूहले गरेको विद्रोहका बारेमा निर्णय लिनका लागि काँग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ । बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ ।…
Read More
सत्ता गठबन्धन विवाद सहित कोसीमा मुख्यमन्त्री आज टुङ्गो लाग्दै

सत्ता गठबन्धन विवाद सहित कोसीमा मुख्यमन्त्री आज टुङ्गो लाग्दै

विराटनगर, २६ असोज । कोसी प्रदेशका मुख्यमन्त्री आज टुङ्गो लाग्दै छ । कोसी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसका विद्रोही समूहका केदार कार्की दुवैले गरेको दाबीमा आज टुङ्गो लाग्ने भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुङ्गो लगाउने छन् । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन्…
Read More
जीतपुर-सिमराका पूर्व मेयरको मृत्यु ‘रहस्यमय’

जीतपुर-सिमराका पूर्व मेयरको मृत्यु ‘रहस्यमय’

निजगढ, २६ असोज । जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका पूर्व मेयर पौडेल बिहीबार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले पूर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो ।
Read More
भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

बारा, २६ असोज । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्य व्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो। गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरी ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए।…
Read More
भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे जवाफ

भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे जवाफ

    काठमाडौं, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जीको भ्रमणबारे नेपाल सरकारसँग जवाफ मागेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भारतीय मोदीको गुन्जी भ्रमणबारे ध्यानाकर्षण गराउँदै नेपाल सरकारसँग जवाफ मागेका हुन् । मोदीको गुन्जी भ्रमणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने उनको माग छ । ‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम…
Read More