Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 33 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

देश बृद्धाआश्रम बन्ने खतरामा पुग्यो: गृहमन्त्री श्रेष्ठ

देश बृद्धाआश्रम बन्ने खतरामा पुग्यो: गृहमन्त्री श्रेष्ठ

  काठमाडौँ, फागुन १९ । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले देश बृद्धाआश्रम बन्ने खतरामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज गोरखा पत्रकार समाजका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले अहिले सबै युवाको चाहना विदेश जाने मात्रै देखिएको भन्दै यस्तै अवस्था निरन्तर रहे एक दिन देशमा वृद्ध, वृद्धा मात्रै हुने खतरा रहेको बताए ।  आर्थिक अवस्था राम्रो भएका परिवारमा अहिले १० पास हुने बित्तिकैदेखि युरो, अमेरिका वा अस्ट्रेलियातिर पढ्न जाने विषयमा छलफल हुन थाल्छ, उनले भने आर्थिक अवस्था राम्रो नभएकाहरू खाडी मुलुकतिर कम गर्न जाने र पैसा कमाउने सोच राख्छन् । युवाहरूको पलायन हुँदै गर्दा देशमा त उमेर पुगेका वृद्ध,…
Read More
शालीनको हत्याविरुद्ध नेवि सङ्घद्वारा संसद् भवन अगाडि प्रदर्शन

शालीनको हत्याविरुद्ध नेवि सङ्घद्वारा संसद् भवन अगाडि प्रदर्शन

काठमाडौँ, १८ फागुन । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालीन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले आज काठमाडौँमा प्रदर्शन गरेको छ।  संसद् भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरूलाई पक्राउ समेत गरेको नेवि सङ्घका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए। उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाँल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ। शालीनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले…
Read More
एमसीसी नेपाली जनताको विरुद्ध भएको पुष्टि भयो : मसाल

एमसीसी नेपाली जनताको विरुद्ध भएको पुष्टि भयो : मसाल

काठमाडौँ । एमसीसीको विषयले नेपालको राजनीतिमा निकै बहसको विषय भएको थियो । तर अहिले एमसीसीले दिएको अभिव्यक्तिले यो नेपाल तथा नेपाली जनताविरुद्ध भएको पुष्टि भएको छ । सोही विषयलाई प्रस्ट पार्दै नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पाठ यस प्रकार छ तः एमसीसी कार्यान्वयनको सन्दर्भमा ठेक्काका विषयलाई लिएर भएको विवादमा एमसीए (मिलिनियम च्यालेञ्ज एकाउन्ट)ले सर्वोच्च अदालतलाई एमसीसी सम्झौता नभएर सन्धि भएको र उक्त सन्धिको प्रावधान नेपालको संविधान र कानुनभन्दा माथि भएको उल्लेख गरेको कुरा सार्वजनिक भएका छन् । पहिले एमसीसी सम्झौताका प्रावधान नेपालको संविधान र कानुन भन्दा माथि राखिएको र त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र…
Read More
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १८ फागुन । राष्ट्रियसभा बैठक बस्दै छ । सघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आव्हान गरिएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेश वाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्था लगायत कार्यहरूको अनुगमन, निरीक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेस गर्नेछिन् ।  दिगो व्यवस्थापन तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्नेछन् । विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले…
Read More
संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो

संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो

काठमाडौँ, १७ फागुन । सङ्घीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए। फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।
Read More
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौँ, १६ फागुन । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Read More
माओवादीको निर्णय- राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

माओवादीको निर्णय- राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौँ, १६ फागुन । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।  बुधवार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो । राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल काँग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । 
Read More
माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरूलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरूलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरूलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।  पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरेर प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।  कार्य विभाजनमा अध्यक्ष प्रचण्डले आफ्नो भाइ र बुहारीलाई  जिम्मेवारी दिएर केहीको खोसिएपछि उनले प्रचण्डलाई बुझाएको लिखित असहमति पत्रमा उल्लेख गरिएको छ, ‘विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै…
Read More
समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश 

समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश 

कावासोती, फागुन १५ । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रीय उप महासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले  एक कार्यक्रम मार्फत पार्टीमा स्वागत गरेका हुन् । नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा घर फर्क अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन । नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कँडेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा सङ्घ इन्चार्ज…
Read More
मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देव नियुक्त 

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देव नियुक्त 

काठमाडौँ, १५ फागुन । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो। डा. देव करिब एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त भएका थिए। उनको नियुक्ति बदरको माग गर्दै राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष अनिल काफ्लेले  उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट निवेदन दर्ता गरेका थिए। त्यसपछि देवले नैतिकताका आधारमा राजीनामा दिएका थिए। चिकित्सा अध्ययन संस्थानको सह-प्राध्यापक हुँदा गलत प्रतिवेदन पेस गरी भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरेको थियो। उनी यसअघि…
Read More