health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, फागुन १९ । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले देश बृद्धाआश्रम बन्ने खतरामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज गोरखा पत्रकार समाजका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले अहिले सबै युवाको चाहना विदेश जाने मात्रै देखिएको भन्दै यस्तै अवस्था निरन्तर रहे एक दिन देशमा वृद्ध, वृद्धा मात्रै हुने खतरा रहेको बताए ।
आर्थिक अवस्था राम्रो भएका परिवारमा अहिले १० पास हुने बित्तिकैदेखि युरो, अमेरिका वा अस्ट्रेलियातिर पढ्न जाने विषयमा छलफल हुन थाल्छ, उनले भने आर्थिक अवस्था राम्रो नभएकाहरू खाडी मुलुकतिर कम गर्न जाने र पैसा कमाउने सोच राख्छन् । युवाहरूको पलायन हुँदै गर्दा देशमा त उमेर पुगेका वृद्ध, वृद्धा मात्रै हुने खतरा देखिएको र यो समस्या अन्त्य गर्न गम्भीर ढङ्गले लाग्नु पर्ने उनको भनाइ छ । यो समस्या हटाउन युवाहरू र सरकार सँगसँगै लाग्नुपर्ने गृहमन्त्री श्रेष्ठको भनाइ रहेको थियो ।
यस्तै गृहमन्त्री श्रेष्ठले युवाहरू माझमा देखिएको लागू पदार्थ दूवर्यसनीको समस्यालाई अन्त्य गर्न पालिका स्तरबाटै अभियान चलाउनुपर्ने आवश्यकता रहेको पनि बताए । राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उनले हालको व्यवस्थाविरुद्ध उठेका आवाज विरुद्ध सचेत हुन आवश्यक रहेको धारणा पनि राखे । शान्ति प्रक्रियालाई निष्कर्ष पु¥याउन सरकार प्रयत्नशील रहेको भन्दै गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताए । देशमा देखिएका समस्या र बेतिथिलाई अन्त्य गर्ने गरी कलम चलाउन उनले पत्रकारहरूलाई अनुरोध समेत गरे ।