19
Mar
काठमाडौँ, ६ चैत । प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । यसै गरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि बिचार गरियोस्’ प्रस्तुत गर्नेछन् । साथै, आ.ब. २०८१÷८२ को लागि बिनयोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।