Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 8 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

प्रतिनिधिसभा बैठकमा टिआरसी विधेयक सवन्धी प्रतिवेदन पेस हुँदै

प्रतिनिधिसभा बैठकमा टिआरसी विधेयक सवन्धी प्रतिवेदन पेस हुँदै

काठमाडौँ, २९ प्रतिनिधिसभाको बैठक बस्दै छ ।   सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।   आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।   बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।   कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले…
Read More
पेरिस ओलम्पिकको समापन समारोहमा टम क्रुज स्टन्ट, छत वाट हाम फालेको दृश्य भाइरल

पेरिस ओलम्पिकको समापन समारोहमा टम क्रुज स्टन्ट, छत वाट हाम फालेको दृश्य भाइरल

पेरिस, २८ साउन । पेरिस ओलम्पिकको समापन समारोहमा हलिउड सुपरस्टार टम क्रुजले आफ्नो अचम्मको स्टन्टले विश्वलाई चकित पारेका छन् ।   कार्यक्रममा टम क्रुज, स्नुप डग, डा. ड्रे, बिली इलिश, रेड हट चिली पेपर्स र एचईआर थिए। एल ए २८ लाई ओलम्पिक टर्च हस्तान्तरण गरेपछि प्रदर्शन, विशेष गरी टम क्रुजले घटनालाई अविस्मरणीय बनाएको तरिका अद्भुत थियो।   हलिउडका एक्सन स्टार मानिने सुपरस्टार टम क्रुजले कार्यक्रममा आफ्नो स्टन्टले सबैलाई चकित पारेका छन् । स्टन्टका लागि चर्चित फिल्म सिरिज मिसन इम्पोसिबलका सुपरस्टार टम क्रुज कार्यक्रममा ब्राउन लेदर ज्याकेट लगाएर स्टेडियमको छतमा पुगे र त्यहाँबाट हाम फाले । क्रुजको यो स्टन्ट देखेर स्टेडियममा…
Read More
देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुन सक्दैन्: प्रधानमन्त्री

देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुन सक्दैन्: प्रधानमन्त्री

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापन र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताएका छन् । “मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखा मुनी छन् । भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भने, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ । आउँदो असोजको…
Read More
मदुरो र मक्स विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि टविटरमाथी प्रतिबन्ध

मदुरो र मक्स विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि टविटरमाथी प्रतिबन्ध

काराकास, २७ साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोसल मिडिया प्लेटफर्म एक्स माथि प्रतिबन्ध लगाएका छन् ।   एक्सका मालिक एलन मस्कसँगको तनावलाई नयाँ उचाइमा पुर्‍याउँदै दक्षिण अमेरिकी देशमा विवादित राष्ट्रपति चुनावमा चर्को विरोधको बिचमा १० दिनको लागि सो प्लेटफर्ममाथि  प्रतिबन्ध लगाएका हुन् । मदुरोले भने कि उनले नियामक कोनाटेलद्वारा प्रस्तुत प्रस्तावमा हस्ताक्षर गरे जसले सामाजिक सञ्जाल एक्स, पहिले ट्विटर भनेर चिनिने, १० दिनको लागि सर्कुलेशनबाट बाहिर निकाल्ने निर्णय गरेका हुन । उनले मस्कलाई घृणा, गृहयुद्ध र मृत्युलाई उक्साएको आरोपसमेत लगाएका छन् ।   अब एक्स १० दिनका दिनका लागि भेनेजुएलाबाट बाहिर रहनेछ उनले सरकारी टेलिभिजनमा प्रसारण गरिएको भाषणमा भने।…
Read More
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधवार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् । जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ कांस्य पदक जितेर शीर्ष स्थानमा रहेको छ  भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।  त्यस्तै फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्णसहित ६ रजत र ४ कांस्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यसै गरी जापान ८ स्वर्ण, ३ रजत र ५ कांस्य…
Read More
भारतको हिमाचलमा वर्षापछि आएको भीषण बाढी पहिरोले ५० जना बेपत्ता

भारतको हिमाचलमा वर्षापछि आएको भीषण बाढी पहिरोले ५० जना बेपत्ता

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भीषण बाढी पहिरोले कम्तीमा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरूका अनुसार कम्तीमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ । मध्यरातमा वर्षासहित बादल फाटेपछि ठुलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको सङ्ख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ । अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक…
Read More
निगमले घटायो इन्धनको मूल्य

निगमले घटायो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । घटेको मूल्य बुधवार राति १२ बजेदेखि लागु हुने छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टितेल प्रतिलिटर १५८ भएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूची घटेर आएकोले मूल्य घटाएको जानकारी दिएको छ ।
Read More
पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् । जसमा जापान ७ स्वर्ण, २ रजत र ४ कांस्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक कांस्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ कांस्य पदक सहित चौथो स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३…
Read More
पेरिस ओलम्पिक: नेपाली पौडीबाज शाहको राष्ट्रिय कीर्तिमान

पेरिस ओलम्पिक: नेपाली पौडीबाज शाहको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । मङ्गलवार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्री–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेका थिए ।
Read More
भारत र अमेरिकासहित १८ देशमा राजदूत सिफारिस

भारत र अमेरिकासहित १८ देशमा राजदूत सिफारिस

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले भारत अमेरिका र चीनलगायत १८ देशमा राजदूत नियुक्त गरेको हो । नयाँ राजदूत सिफारिस गरिएका १८ देशमा अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन र जर्मनी रहेका छन् । सरकारले भारतका लागि शङ्कर शर्मालाई नै पुनः राजदूतमा सिफारिस गरेको छ भने अमेरिकाका लागि लोक दर्शन रेग्मी, चीनका लागि कृष्ण ओली, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे, मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई…
Read More