health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले भारत अमेरिका र चीनलगायत १८ देशमा राजदूत नियुक्त गरेको हो ।
नयाँ राजदूत सिफारिस गरिएका १८ देशमा अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन र जर्मनी रहेका छन् ।
सरकारले भारतका लागि शङ्कर शर्मालाई नै पुनः राजदूतमा सिफारिस गरेको छ भने अमेरिकाका लागि लोक दर्शन रेग्मी, चीनका लागि कृष्ण ओली, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे, मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै सरकारले अस्ट्रेलिया, चीन, श्रीलङ्का, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । फिर्ता बोलाइएका राजदूतमा चीनका विष्णु पुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रुसका मिलन तुलाधर, श्रीलङ्काका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ रहेका छन् ।