Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 39 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ, २९ मङ्सिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रवार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जनाएको छ। घटाइएको नयाँ मूल्य शनिवार बिहान १ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ
Read More
एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

धनगढी, २९ मङ्सिर । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्। फाप्ला क्रिकेट मैदानमा शुक्रवार सम्पन्न दुई वटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले यूथ अफ टिकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो। फाइनल खेल शनिवार हुनेछ। आज सम्पन्न पहिलो सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्‍यो।घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्‍यो। धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान् बमले सर्वाधिक २५ रन बनाए। प्रनित थापाले २१ तथा सुनिल धमलाले…
Read More
सुपर लिग: चितवन र धनगढी बिच प्रतिस्पर्धा हुँदै

सुपर लिग: चितवन र धनगढी बिच प्रतिस्पर्धा हुँदै

काठमाडौँ, २८ मङ्सिर । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ । आजको खेलमा चितवन फुटबल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रङ्गशाला, त्रिपुरेश्वरमामा आयोजना हुने खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
Read More
आजदेखि काठमाडौँ महानगरपालिका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

आजदेखि काठमाडौँ महानगरपालिका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

  काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बुधवारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ । दुई साताअघि १२ मङ्सिरमै सार्वजनिक सूचना निकालेर २७ मङ्सिर बुधवारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो । बुधवारदेखि  महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रूपमा निषेध भएको छ । कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
Read More
काँग्रेसलाई कस्तो पार्टी बनाउने ? जनतासँग गुगल फर्ममार्फत सुझाव मागिँदै !

काँग्रेसलाई कस्तो पार्टी बनाउने ? जनतासँग गुगल फर्ममार्फत सुझाव मागिँदै !

काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ननसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत सर्वेक्षण गर्ने भएका छन्। जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई जोडदारका साथ उठाउने बताए। उनले नीति महाधिवेशनमा कुन-कुन विषय उठाउनु पर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेका हुन्। नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए। ‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ। हामीले…
Read More
जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

मंशिर २३ , बर्लिन। गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ। यसैबाट रोटी र बिस्कुटसहित बिभिन्न परिकार पनि बनाइन्छ । त्यसैले विश्वले अधिकतम गहुँ उत्पादनमा जोड दिइरहेको छ । तर, युक्रेन युद्धको प्रारम्भिक दिनमा रुस–युक्रेनबाट गहुँको निर्यात रोकिए पछि विश्वभर खाद्यान्न संकट उत्पन्न भयो। जसले संसार भर गहुँ खाद्यान्नको अभाव भोग्नु परयो । जसका कारण अफ्रिकामा मात्र नभई युरोपेली देशहरूमा पनि रोटी पाउन मुस्किल भएको थियो। त्यसोभए विकल्प के छ ? हामी सबैलाई थाहा छ कि गहुँ एक पटक छरिएको छ र यसको बाली ४ महिना पछि मात्र तयार हुन्छ। यो एक वर्षमा धेरै पटक बढ्न सक्दैन।…
Read More
१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

 २२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार राति भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई नियन्त्रणमा लिएको थियो उक्त सुनबारे छानबिन गर्न भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलन त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेको छानबिन समिति गठन गरेकोा जानकारी…
Read More
रूसमा राष्ट्रपति निर्वाचनका लागि निर्वाचनको मिति घोषणा, पुटिन २०३० सम्म नेतृत्वमा रहन सक्ने

रूसमा राष्ट्रपति निर्वाचनका लागि निर्वाचनको मिति घोषणा, पुटिन २०३० सम्म नेतृत्वमा रहन सक्ने

मंसिर २२, काठमाडौं । रुसमा राष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा भएको छ । अर्को राष्ट्रपति चुनावको मिति मार्च १७, २०२४ को लागि तोकिएको छ। संसदको माथिल्लो सदनले बिहीबार सर्वसम्मतिले निर्वाचनको मिति तय गरेको हो । हाल रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन (७१) ले चुनाव लड्ने घोषणा भने गरिसकेका छैनन् । पुटिनले पाँचौं पटक चुनाव लड्ने र देशको जिम्मेवारी सम्हाल्ने विश्वास गरिएको छ । चुनावअघि पुटिनको जित निश्चित मानिन्छ किनभने उनलाई चुनौती दिने उनका सम्भावित प्रतिद्वन्द्वी या त जेलमा छन् वा विदेशमा छन् । एकै समयमा, अधिकांश स्वतन्त्र मिडिया प्रतिबन्धित छन्। यस्तो अवस्थामा मार्चमा हुने निर्वाचनका कारण पुटिन कम्तिमा २०३०…
Read More
टिकटकले सरकारलाई पठायो इमेल

टिकटकले सरकारलाई पठायो इमेल

२१ मंसिर,काठमाडौं ।  चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले इमेल पठाएको हो। पत्रमा सचिव कृष्णबहादुर राउतको ध्यानाकर्षण गराइएको छ। टिकटकको इमेलमा सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका बनाएकोमा प्रशंसा गरेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए। निर्देशिकाको प्रशंसा गर्दै लेखिएको पत्रमा यसबारे प्रस्ट पारिदिन उल्लेख समेत गरिएको छ। निर्देशिकाको केही अनुसूची र बुँदाबारे बुझाइदिन भनिए पनि मन्त्रालयले तत्काल इमेल नफर्काउने सुवेदीले बताए । अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जवाफ फर्काउन नमिल्ने उनको भनाइ छ।
Read More
आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

२१ मंसिर,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कोशी, मधेश…
Read More