Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 15 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

ब्राजिल पुगेर बालेनले भने- ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ

ब्राजिल पुगेर बालेनले भने- ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।  ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले ‘मेयरल राउन्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा यस्तो धारणा राखेका हुन् ।  ‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् ।’ शाहले भने, ‘ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरूमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले…
Read More
एनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन

एनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन

काठमाडौँ ।  सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्था (एनजिओ) को सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशनमा सचिवालयले आज समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको हो । ‘सङ्घीय संसद्को संस्थागत जानकारी एवं बिना अनुमति कतिपय गैरसरकारी संस्थाहरूले सङ्घीय संसद्अन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने, सांसदको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामामा प्रभाव पार्ने गरेको गुनासा सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासा पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराइएको छ’,संसद्…
Read More
बालेन शाह ब्राजिल प्रस्थान

बालेन शाह ब्राजिल प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २: १५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उहाँ असार ८ गते स्वदेश फर्किने छन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् ।  प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य रहेका छन् । मेट्रोपोलिस विश्वका ठुला १५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक…
Read More
काठमाडौँका पेट्रोल पम्प बन्द

काठमाडौँका पेट्रोल पम्प बन्द

काठमाडौँ । ट्याङ्कर व्यवसायीहरूका विभिन्न सङ्घ संस्थाको विरोधका कारण काठमाडौँ उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्याङ्कर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो। शनिवार देखी नै ट्याङ्कर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो।  चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन। नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सात बुँदे माग राख्दै शनिवार देखी आन्दोलन थालेको हो। सङ्घले एक विज्ञप्ति जारी गर्दै शनिवार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्याङ्कर को साँचो नै सवारी धनीलाई हस्तान्तरण गरेर विरोध गर्ने…
Read More
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै काठमाडौँका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घण्टा बिजुली अवरुद्ध हुने जनाएको हो। आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। मंगलबार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला…
Read More
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले असक्त तथा ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यालयमा आउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।
Read More
बागमतीको भरत ताल बनाउँदा ३० करोड अनियमितता भएको भन्दै मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

बागमतीको भरत ताल बनाउँदा ३० करोड अनियमितता भएको भन्दै मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारत कुमार थापासहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियारले मेयर थापासहित ६ जनाले सङ्घीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुङ्गा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार  ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।   सङ्घीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र सङ्घीय सरकारको स्वीकृत विना अनधिकृत रूपमा माछा पोखरी निर्माणको लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत…
Read More
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदको मत परेको थियो । विपक्षमा २८ मत परेको छ । उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्नबाट निर्वाचित फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् । आजको मतदान प्रक्रियामा ५९ सांसद उपस्थित थिए । यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।
Read More
सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल

सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रलाई सरकारमा सामेल गराउँदै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।  सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका  छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई बिना विभागीय मन्त्री बनाएका छन् । त्यस्तै माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अक्कल बहादुर रावल र लक्ष्मी विकलाई बिना विभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीकी माया पन्त बिना विभागीय…
Read More
काठमाडौँ महानगरमा जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जनाको उद्धार

काठमाडौँ महानगरमा जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जनाको उद्धार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरूमा संरक्षण दिएको छ । ‘महानगर बाल अधिकार समिति’ को बैठकमा बाल उद्धार टोलीले यस सम्बन्धी जानकारी गराएको छ । यसरी उद्धार गरिएका बालबालिकाहरू घरेलु श्रमिक, होटेल र होस्टेल, यातायात क्षेत्र (जोखिममा रहेका/संरक्षणको आवश्यकता भएका) का बालबालिकाहरूले आफू जोखिममा रहेको खबर गरेपछि उद्धार गरिएको हो ।  १२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिंसा तथा दुर्व्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ । दैनिक २ देखि ५ घण्टासम्म काम…
Read More