15
Jan
जेनेभा, १ माघ । आईएमएफका प्रमुखले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीको सुरक्षामा खतरा निम्त्याउने बताएकी छिन । यद्यपि, उनले यो पनि भने कि आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादकत्व स्तर बढाउन र विश्वव्यापी विकासलाई प्रवर्द्धन गर्न ठुलो अवसर प्रदान गर्ने भने जनाएकी छिन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले स्विट्जरल्याण्डको डाभोसमा वार्षिक विश्व आर्थिक मञ्चमा भाग लिनु अघि वाशिंगटनमा एक अन्तर्वार्तामा भनिन् कि एआईले विकसित देशहरूमा ६० प्रतिशत रोजगारीलाई असर गर्नेछ। आईएमएफको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उनले विकासोन्मुख देशहरूमा एआईको प्रभाव कम हुने अपेक्षा गरिएको छ । ‘विश्वव्यापी रूपमा करिब ४० प्रतिशत रोजगारी प्रभावित हुने सम्भावना छ,’ उनले अगाडी…