Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
खेलकुद Archives - Page 3 of 21 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

खेलकुद

युरोकपको सेमिफाइनलको समीकरण पुरा

युरोकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गए राती क्वाटर फाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन् । स्पेनले क्वाटर फाइनलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै इङल्याण्डले पेनाल्टी सुट आउटमा स्वीजरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने नेदरल्याण्डसले टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।      अब सेमिफाइनलमा स्पेन…
Read More
सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ । क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् । त्यस्तै ग्रेड 'बी' मा भने कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार…
Read More
क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने 

क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने 

काठमाडौँ । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले  ग्लोबल टी- २० खेल्ने भएका हुन् । रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दीपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदै छ । यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।
Read More
टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो यस्तो कीर्तिमान

टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो यस्तो कीर्तिमान

काठमाडौँ । सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । सन्दीपले जारी टी-२० विश्वकपमा बङ्गलादेश विरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन् । सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन् । उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ खेलमा सय विकेट लिएका छन् । 
Read More
स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो । स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया समूह बी मा आफ्ना चारै खेल जितेर ८ अङ्कसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै समूह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल वर्षाले रद्द हुँदा ५ अङ्कसहित दोस्रो हुँदै…
Read More
दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं- कप्तान रोहित

दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं- कप्तान रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बङ्गलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।  उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउँदै वेस्ट इन्डिजको कन्डिसन बारे आफूहरू स्पष्ट नभएको बताउँदै कप्तान रोहितले आफूहरूले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए । रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउँदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट…
Read More
विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा

विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा

काठमाडौँ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-२ को बराबरीमा रोकिएको छ । साउदी अरबस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा गए राती सम्पन्न खेलमा नेपाल र यमनले २-२ को बराबरी खेलेका हुन् । नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पी जग कार्कीले एक एक गोल गरेका थिए । त्यस्तै यमनका लागि नासिर अल गहवाशी र मोह,अद अब्दुल्लाह अल दाहिले एक एक गोल गरेका थिए ।   साथै यो खेलमा नेपालका गोलकिपर किरण लिम्बुले आफ्नो सयौँ खेल खेलेका छन् । उनी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् । घरेलु मैदानमा…
Read More
टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै, काठमाडौँ महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने

टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै, काठमाडौँ महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समूह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि सुरु हुने छ । आइसिसीको टी-२० वरियतामा नेपाल १७औँ स्थानमा छ भने नेदरल्याण्डस १५औँ स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी-२० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।          नेपालको विश्वकप यात्रा  त्यस्तै नेपालले…
Read More
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

काठमाडौँ । आइसिसी टी-२० विश्वकप आइतबारदेखि सुरु हुँदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्यान्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्यान्ड, ओमान र युगान्डा सहभागी हुँदै छन् । इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकपको यो नवौँ सिजन हो । यस अघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले…
Read More
क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औँ खेलाडीको रूपमा गोप्य राखिएको थियो

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औँ खेलाडीको रूपमा गोप्य राखिएको थियो

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आइसिसी टी-२० विश्वकपको टोलीमा १५औँ खेलाडीका रूपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आइसिसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औँ खेलाडीको रूपमा राखिएको स्पष्ट गरेका छन् । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् । अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको  बताउँदै आइसिसीको पत्र समेत सार्वजनिक गरेका छन् । उनले आइसिसीले नेपाललाई विशेष सुविधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउँमा अन्य खेलाडीलाई राख्ने…
Read More