24
Jul
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा'' विषयक विचार गोष्ठीको आयोजना भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचकाङ्कको महत्त्वपूर्ण कुरा हो ।स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलबाड धेरै भएको छ ।यसबारे नियमनकारी निकायले सचेतना फैल्याउँदै नियन्त्रण गर्नु जरुरी छ।अहिले अनियन्त्रित सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले 'जेन-जी' पुस्ता मानसिक रूपले अस्वस्थ हुँदै गयो भन्ने चिन्ता र चासो बढिरहेको छ ।यस्तो अस्वस्थ जीवनशैलीलाई स्वस्थ राख्न सचेतना अभियान जरुरी रहेको बताउनुभएको थियो। कार्यक्रममा डा.चिन्तामणि गौतमले ''Empower Your Health: Through Yoga and Mindful…