Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 7 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार

अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार

काठमाडौँ । यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरूको उद्धार गरिएको छ । अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो । सो सेलले नेपालस्थित विदेशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकहरूको उद्धार गरी रहको छ । सेल पर्यटक प्रहरी र सेल आफ्नै को हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको छ । सेलले वेबसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लगायतका जानकारी उपलब्ध रहेको छ ।…
Read More
देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बागलुङ । जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । मङ्गलवार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रवार नयाँ दिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो । इमेज बचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्ध रेड…
Read More
सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुङ्गानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधा कुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुङ्गाना र प्रकाशक कँडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमा याचना तथा पुनः त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।  प्रधानन्यायाधीश विश्वम्भर प्रसाद…
Read More
काठमाडौँ उपत्यकाका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौँ उपत्यकाका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठुलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार  सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जल मापन केन्द्रहरूले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ । विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षा मापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानी पोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाडौँ विमानस्थलको…
Read More
गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस शुक्रवारदेखि सम्पर्कविहीन

गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस शुक्रवारदेखि सम्पर्कविहीन

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको  यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रवार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ । गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानि खोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन । उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन ।
Read More
झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो

झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ । अहिले पुरिएको अवस्थामा रहेको बसको केही भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केही बेरपछि जानकारी हुने भएको छ । शुक्रवार गोरखाबाट काठमाडौँका लागि हिँडेको यात्रु बस र शुक्रवार नै चितवनबाट काठमाडौँका लागि हिँडेको माइक्रो बस अहिलेसम्म सम्पर्कविहीन भएको बताइएको छ । बस र माइक्रोको खोजी जारी रहेको र झ्याप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यही पहिरोमा परेको…
Read More
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए । उनी विरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैङ्किङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था…
Read More
आज र भोली रात्रि बस नचलाउन निर्देशन

आज र भोली रात्रि बस नचलाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार राति ५६ जिल्लामा रात्रि बस चलाउन रोक लगाएको छ । विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो। बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।  प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना…
Read More
राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठुलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो…
Read More
रवीन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्ड नै हुन्

रवीन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्ड नै हुन्

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । मिश्रले यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट बारे गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेपछि गणतन्त्रको नायक प्रचण्ड नै भएको बताएका हुन् । साथै मिश्रले काँग्रेस, एमाले र नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी समेत गरेका छन् । आफ्नो अघिल्लो टिप्पणी प्रचण्ड पक्षले खण्डन गरेपछि मिश्रले भनेका छन् -  ठुला नेताहरूसँग भेट्दा "यो कुराचाहिँ बाहिर नगरौँ/हामी बिचमा रहोस्" भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु । सङ्घीय लोकतान्त्रिक…
Read More