Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 45 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

काठमाडौँ, २१ पुस । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका पाँच सिट र अध्यक्ष मागेको छ। गठबन्धनको आजको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सिटमा भाग मागेको हो। नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ। गठबन्धनभित्र राष्ट्रिय सभाका २० सिटमध्ये काँग्रेस १३ र माओवादी केन्द्रले ७ सिटमा दाबी गरेको छ।
Read More
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सर्लाही,२० पुस । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको गोली लागेर एक जना युवाको ज्यान गएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली काँग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।   प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भई नसकेको बताएको छ ।
Read More
एमाले सचिवालय बैठक: ६ जना केन्द्रीय सदस्य मनोनीत

एमाले सचिवालय बैठक: ६ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ, २० पुस । नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका नेताहरूसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । महासचिव शङ्कर पोखरेलले बैठक पछि दिएको जानकारी अनुसार बैठकले तुलसीप्रसाद न्यौपाने, राम अवतार यादव, केशवराज पाण्डे, विनोद शाह र दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ । मनोनीतमध्ये कार्कीबाहेक प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए । महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना र लामो समय झापा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका एक जनालाई केन्द्रीय सदस्य…
Read More
भारतले २० करोड खर्च गर्न पाउने सत्य हो तर सोझै होइनः प्रधानमन्त्री

भारतले २० करोड खर्च गर्न पाउने सत्य हो तर सोझै होइनः प्रधानमन्त्री

काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफू खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन् । राज्य तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च गरिने जानकारी दिएका हुन । ‘३ करोडबाट सुरु भएर ५ करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन , प्रक्रिया छ, नगरपालिकाबाट गर्ने हो,’ उनले बैठकमा हिजो भएको सम्झौताका बारेमा प्रस्टीकरण दिँदै भने, ‘तर तपाइले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन थप काम गर्न सकिनेछ ।’ नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सोझै…
Read More
विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो ः मसाल

विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो ः मसाल

काठमाडौँ, पौष २० ।   भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौताको सर्वत्र विरोध भइरहेको छ । सो सम्झौताबाट देशको राष्ट्रियता, अखण्डता तथा सार्वभौमिकतामाथि नै आँच पुग्ने भन्दै विरोधको आवाजहरू उठिरहेको छ । यसै सन्दर्भमा नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरीले सो सम्झौताको भर्त्सना गर्दै एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ - नेपाल–भारत बिच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनका लागि भएको सहमतिमा  भारतले २० करोडसम्मका परियोजनामा सिधै लगानी गर्न पाउने उल्लेख छ । त्यसबाट नेपालको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको छ । नेपाल…
Read More
राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ, १९ पुस । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।   राष्ट्रियसभा निर्वाचन प्रयोजनमा सहमति खोज्नका लागि प्रधानमन्त्रीको सरकारी निवासमा सो बैठक बस्न लागेको हो ।   बैठक बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको छ ।   राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेता र प्रमुख प्रतिपक्ष दलका नेताहरू निरन्तर छलफलमामा रहेका छन् । हिजो प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीसहितका शीर्ष नेतासँग प्रधानमन्त्री तथा गठबन्धनका नेताहरूले छलफल गरेर राष्ट्रियसभामा भागबन्डाका बारेमा सहमति खोज्ने प्रयास गरेका थिए । तर, त्यो अझै टुङ्गोमा पुग्न सकेको छैन ।   एमालेले पनि…
Read More
भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ, १९ पुस । भारतीय विदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन ।   दुई दिने नेपाल भ्रमणमा आउने विदेश मन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन् ।   आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्य तालिकामा उल्लेख गरिएको छ ।   राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरे पछि बिदेशमन्त्री जयशंकरले अपराह्न १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन् भने १ बजे होटेल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटवार्ता गर्नेछन् ।   लगत्तै १ः१५ बजेबाट…
Read More
काठमाडौं महानगरद्वारा तीन कर्मचारीलाई निलम्बन

काठमाडौं महानगरद्वारा तीन कर्मचारीलाई निलम्बन

काठमाडौँ, १७ पुस । काठमाडौँ महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको हो। कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए। 'कार्यपालिकाको निर्णय विपरीत फरक ब्यहोरा उल्लेख गरी उहाँहरूले स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारीलाई निरन्तरता दिने निर्णयमा प्रमाणीकरण गर्नुभयो। सुरुमा कार्यपालिका निर्णयअनुसार नै गरे पनि पछि भने फरक ब्यहोरा उल्लेख गरिएको पाइएको छ,' उनले भने। पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता…
Read More
शिक्षा क्षेत्रका जिम्मेवारीहरूमा प्रतिस्पर्धा गराउन चाहन्छु: प्रधानमन्त्री

शिक्षा क्षेत्रका जिम्मेवारीहरूमा प्रतिस्पर्धा गराउन चाहन्छु: प्रधानमन्त्री

काठमाडौँ, १७ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गरेका छन् । मङ्गलवार बिहान काठमाडौँमा आयोजित कान्तिपुर एजुकेसन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने बताएका हुन् ।   प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले घोषणा गरिसकेको छु– अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुने छैन। मेरिटोक्रेसीका आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुनेछन्। म मेरो सङ्कल्पमा दृढ छु। यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ, विश्वविद्यालयका पदाधिकारीहरूले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने वातावरण मिल्नेछ, विद्यार्थी, अभिभावक लगायत आम जनसमुदायमा उच्च शिक्षा…
Read More
कान्तिपुरविरुद्ध रवि लामिछानेको गाली बेइज्जतीको मुद्दा

कान्तिपुरविरुद्ध रवि लामिछानेको गाली बेइज्जतीको मुद्दा

काठमाडौँ, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन विरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् । उनले कान्तिपुर पब्लिकेसन विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता हुन् । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको रिट निवेदनमा लामिछानेले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवमा समेत गम्भीर असर पुर्‍याउने कुण्ठित मनसाय राखेर जानु बुझी चरित्र हत्या गरेको उल्लेख गरेका छन् । कान्तिपुर र ई कान्तिपुरबाट आफूलाई जोडेर प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरूबाट कानुनअनुसार साङ्केतिक रूपमा १५१ रुपैयाँ क्षतिपूर्ति…
Read More