Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 17 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

प्रचण्ड ब्रिफिङ- नेपाल बुढानीलकण्ठ गएको विषय सहज रूपमा लिनु, सत्ता समीकरणमा समस्या छैन

प्रचण्ड ब्रिफिङ- नेपाल बुढानीलकण्ठ गएको विषय सहज रूपमा लिनु, सत्ता समीकरणमा समस्या छैन

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढङ्गले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठ गएर काँग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरूसँग भेट गरेको विषयलाई स्वाभाविक रूपमा लिन आग्रह गरेका थिए । साथै बैठकमा प्रचण्डले नेपाल बुढानीलकण्ठ जानु अघि आफूलाई जानकारी गराको बताउँदै सत्ता समीकरण पाँच वर्ष नै टिक्ने दाबी गरेका थिए ।  बुधवार साँझ अध्यक्ष नेपालले काँग्रेस सभापति देउवासहित जसपा नेपाल…
Read More
मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रवार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् । सार्वजनिक भएका निर्णयहरूमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्वीकृतिदेखि काठमाडौँका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्वीकृतिसम्म रहेका छन् । मेयर बालेन शाह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९औँ वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
Read More
जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति

जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति

धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।  बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’ जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिए पनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ । नेपाली काङ्ग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने फल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबिच यस्तो सहमति भएको हो…
Read More
सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरूमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।
Read More
माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न- प्रधानमन्त्री

माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न- प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन् ।  बिहीबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् ।  उनले भने- 'माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदा खेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ ।'प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि समीकरण भाँड्न बाहिर कोही नजाने दाबी गरेका छन् । बुधवार साँझ एकीकृत…
Read More
प्रतिनिधिसभाको बैठक आज पनि

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सभामुखले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि बिहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग राख्दै संसद्को अवरोध जारी राख्ने बताएको छ । 
Read More
काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्चाएको आरोप लगाउँदै संसद्मा मुठभेडको थलो नबनाउन आग्रह गरे । उनले काँग्रेसले संसद्मा आफ्नो कुरा लादिरहने र अरूको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए । उनले काँग्रेसले संसद् अवरोध गरिरहे बैठक अगाडी बढ्ने दाबी गर्दै सांसदलाई बन्धक बनाउन नमिल्ने बताए ।
Read More
सभामुख पार्टीको इशारामा चलेको काँग्रेसको आरोप

सभामुख पार्टीको इशारामा चलेको काँग्रेसको आरोप

काठमाडौँ । नेपाली काँग्रेसले सभामुख पार्टीको इशारामा चलेको आरोप लगाएको छ ।  प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सभामुख पार्टीको इशारामा चलेर जबरजस्ती संसद् चलाउन खोजेको आरोप लगाएका हुन् । उनले एमालेका सांसदहरूले इशारा गर्ने र सभामुखले बैठक अगाडी बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्यै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा सञ्चालन गरेको आफूले नदेखेको बताए ।   
Read More
अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबी गरे । उनले काँग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबी गरे । उनले काँग्रेसका नेताहरू पिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफूहरू संसदीय छानबिन गर्न तयार नहुने बताए ।
Read More
संसद्को अवरोध हटाउने प्रयास जारी, प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो

संसद्को अवरोध हटाउने प्रयास जारी, प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो

काठमाडौँ । बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।  सभामुखले कार्य व्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो । नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ ।  प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।  सभामुखले भने…
Read More