Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 11 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई काँग्रेसले मन्त्री बनाएको भन्दै आलोचना

ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई काँग्रेसले मन्त्री बनाएको भन्दै आलोचना

काठमाडौँ । नेपाली काँग्रेसले लुम्बिनीमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्त बादशाह कुर्मीलाई मन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ । बुधवार कुर्मीले विना विभागीय मन्त्रीमा नियुक्त भएर शपथ लिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको निर्मलाका परिवारको आरोप छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरू फेला परेको बताइएको छ । एकल महिला रहेकी निर्मलाको सम्पत्ति हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको…
Read More
सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झन्डा आधा झुकाइँदै

सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झन्डा आधा झुकाइँदै

काठमाडौँ । सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरूको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झन्डा आधा झुकाइँदै छ । काठमाडौँबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरन्त शाक्यको सकुशल उद्धार गरिएको थियो । उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरू रहेका थिए । जहाज दुर्घटनामा निधन…
Read More
बङ्गलादेशबाट अहिलेसम्म  १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

बङ्गलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । बङ्गलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मङ्गलवार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बङ्गलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दूतावास विद्यार्थीहरू, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ । बङ्गलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यु लगाइएको छ भने इन्टरनेटसहितका सुविधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ…
Read More
प्रधानमन्त्री ओली र वर्षमान पुनबिच संसद्मा भनाभन !

प्रधानमन्त्री ओली र वर्षमान पुनबिच संसद्मा भनाभन !

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबिच भनाभन भएको छ । संसद्मा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसद्मा बोलेका कुरालाई संसद्मा झुटो रूपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका  थिए । उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडी आएका विषयमा आफूले जवाफ दिएको उनले बताए । उनले आफूले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका…
Read More

आज अपराह्न १ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूच

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बोलिएको जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भए अनुसार विश्वासको मत लिन लागेका हुन् ।
Read More
विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना मगर विवादमा परेकी हुन् । उपसभामुख राना मगरले सन् २०२३ फेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्य तालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ । रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन…
Read More
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा पूर्व अर्थमन्त्री हुन् ।
Read More
भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह

भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह

साढे सात अर्ब बचत फिर्ताको प्रस्तावसहित दुवै पक्ष परामर्शमा, वकिल प्रहरीमा खिलानाथ ढकाल काठमाडौँ- ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन्। सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैँ लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन्। भरतको पुलचोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालीमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित कानुन व्यवसायी बलराम सुवेदी कानुनी…
Read More
काठमाडौँ उपत्यकाका नदी किनारका अनधिकृत संरचना हटाउने कानुनी बाटो खुल्यो

काठमाडौँ उपत्यकाका नदी किनारका अनधिकृत संरचना हटाउने कानुनी बाटो खुल्यो

  काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बसोबास तथा संरचना हटाउन बाटो खुलाउने आदेशको पूर्ण पाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको छ । जनहित संरक्षण मञ्चले दायर गरेको रिटको अन्तिम किनारा लगाउँदै सर्वोच्च अदालतले उपत्यकाभित्रका नदीमा प्रदूषण नियन्त्रण, नदी किनारका जग्गाको अतिक्रमण हटाउने बाटो खोलिदिएको हो । न्यायाधीशहरू आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गत पुस ३ गते गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेपछि अनधिकृत रूपमा बसोबास गरिरहेकाहरूको बस्ती तथा संरचना हटाउन सकिने भएको हो । फैसलाको पूर्ण पाठमा नदीमा हुने प्रदूषण नियन्त्रण गर्न नदीको सिमाङ्कन र निर्माण निषेधित क्षेत्रको घोषणा गरी सुकुम्वासीका नाममा नदी किनाराका जग्गा अतिक्रमण…
Read More
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ११३ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ११३ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोसी प्रदेशमा २० जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो । साथै काठमाडौँ उपत्यकामा ८ जना, कोसी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९…
Read More