12
Dec
टोकियो, २६ मङ्सिर । जापानको एउटा रेस्टुरेन्टले बाँदरहरूलाई वेटरको रूपमा काम गर्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । हो, जापानमा एउटा यस्तो रेस्टुरेन्ट छ, जहाँ बाँदरहरू वेटरको रूपमा काम गर्छन्, जो सामान्य मानिसले झैँ उनीहरू ग्राहकलाई व्यवहार पनि गर्छन् । समाचार अनुसार यसरी वेटर बाँदरहरूले तलबको रूपमा भने केरा पाउँछन्। यहाँ बाँदरहरूले चेक सर्ट र कालो स्कर्ट लगाउँछन्। जापानी रेस्टुरेन्ट कायाबुकिया टैवर्नमा बाँदरहरूले बियर र अन्य स्वादिष्ट खानाहरू सेवा गर्छन्। बदलामा ग्राहकले बाँदरलाई उमालेको भटमास दिन्छन् । बाँदरहरू मूलतः कायाबुकिया रेस्टुरेन्टका मालिक काउरु ओत्सुकाका घरपालुवा जनावर थिए। तिनीहरूका बाँदरहरूले कहिल्यै गलत काम गर्दैनन् भन्नेमा विश्वास गर्थे र उनमा एक दिन यस्तो सोच बन्यो…