Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अर्थ Archives - Page 3 of 8 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

अर्थ

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपिओ सर्वसाधारणलाई निष्कासन गर्ने

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपिओ सर्वसाधारणलाई निष्कासन गर्ने

काठमाडौँ, ०३ फागुन । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ । यस सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत फागुन १३ गतेदेखि आइपिओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारणहरूका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।सर्वोत्तम सिमेन्टले…
Read More
अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौँ, २९ माघ । अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो । जसअनुसार १०० अङ्कित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।   यस हाल अरुण भ्यालीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । आवेदकले यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैङ्क र ग्लोबल आइएमई बैङ्कको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ…
Read More
नेपाल आयल निगम: डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

नेपाल आयल निगम: डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधवार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।  निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।  पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले भाउ बढाएको हो । पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ, दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ पर्न जानेछ । त्यसै गरी, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पहिलो वर्गलाई १५५.५० रुपैयाँ, दोस्रोलाई १५७ रुपैयाँ र तेस्रोलाई १५८ रुपैयाँ पर्न जान्छ…
Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १९ सय दश रुपैयाँ पुगेको छ ।
Read More
६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

हेमन्त केसी/न्युज कारखाना सुर्खेत, १७ माघ । सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मङ्सिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्। विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको छ। गत आव २०७९/८० को झन्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ६ सय रुपैयाँको ४२ लाख ९९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो। यो वर्ष गत वर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।…
Read More
देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

काठमाडौँ, १६ माघ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा रहेका बेला चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ ।  गएका पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ । अर्थतन्त्रमा आएको सङ्कुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकिरहेको छैन । राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक…
Read More
राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै

राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ, १६ माघ । राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै छ।केन्द्रीय बैङ्कले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।  राष्ट्र बैङ्कले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको हो। राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप सङ्कलन मार्फत उक्त रकम तान्न लागेको हो।केन्द्रीय बैङ्कका अनुसार मङ्गलवार उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुनेछ। इच्छुक बैङ्क तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। साँवा र ब्याज भुक्तानी मिति फागुन १ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ।…
Read More
धितो पत्र बोर्डले अध्यक्ष सिफारिस गर्दै

धितो पत्र बोर्डले अध्यक्ष सिफारिस गर्दै

काठमाडौँ, माघ ५। सरकारले धितो पत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बोर्डका अनुसार अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।
Read More
निर्वाण चौधरी, अरबपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

निर्वाण चौधरी, अरबपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

काठमाडौँ, ५ माघ । नेपाली अरबपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलो पटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन् । गए राती स्विटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन् ।   उनले सो संवादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको विषयलाई मुख्य जोड दिएका छन् । उद्योगपति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिब दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन् । ‘विश्वभरि पानीको सङ्कट बढिरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाई पानी दिलाउन सकिन्छ,’ उनले…
Read More
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको हो। अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रति लिटर १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ। भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। घटाइएको मूल्य…
Read More